आईफोन र सामसङलाई पछि पार्दै साओमीले ल्यायो अन्डर डिस्प्ले सेल्फी क्यामेरा

नौलो समाचार संवाददाता
२०७७ भाद्र १६, मंगलबार मा प्रकाशित १२२५ पटक पढिएको
आईफोन र सामसङलाई पछि पार्दै साओमीले ल्यायो अन्डर डिस्प्ले सेल्फी क्यामेरा

भदौ १६, काठमाडौं । एप्पल र सामसङजस्ता ठूला स्मार्टफोन कम्पनीलाई चुनौती दिँदै साओमीले क्यामेरा टेक्नोलोजीमा नयाँ उपलब्धि हासिल गर्न सफल भएको छ । विश्व बजारमा सस्तो मूल्यमा नयाँ-नयाँ प्रविधि उपलब्ध गराउने स्मार्टफोनको रुपमा परिचय बनाइरहेको साओमीले फ्ल्यागसिप स्मार्टफोन एमआई टेन अल्ट्रामार्फत अन्डर–स्क्रीन सेल्फी क्यामेरा प्रायेगमा ल्याउने भएको हाे ।

कम्पनीका अनुसार यो फोन आउँदो वर्ष विश्व बजारमा सार्वजनिक हुनेछ । विश्व प्रविधिको क्षेत्रमा भइरहेको विकास र कम्पनीको कदमबारे पहिले नै जानकारी दिँदै आएको आईस युनिभर्सले यसबार जानकारी बाहिर ल्याएको हो ।

आईस युनिभर्सले ट्वीटरमा साओमी एमआई टेन अल्ट्रामा हुने अन्डर–स्क्रीन सेल्फी क्यामेराबारे जानकारी दिएको छ । अन्डर–स्क्रीन क्यामेरा क्यामेराको गुणस्तर कायम गर्दै प्रयोगमा ल्याउन निकै चुनौतीपूर्ण मानिएको छ । त्यसैले पनि यो प्रविधिको प्रयोग खासै हुन सकेको छैन ।

त्यो पनि फ्ल्यागसिप स्मार्टफोनमा त यो नै पहिलो हुनेछ । यसअघि चिनियाँ स्मार्टफोन कम्पनी जेडटीईले आफ्नो मिड रेन्जको स्मर्टफोनमा अन्डर–स्क्रीन क्यामेरा प्रयोगमा ल्याएको छ । उक्त फोन चाँडै बजारमा उपलब्ध हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस