टीभीएसको दशैं अफरः मोटरसाइकल नकिन्नेलाई पनि हरेक हप्ता आरटीआर ३१० आर जित्ने मौका

नौलो समाचार संवाददाता
२०७७ आश्विन ६, मंगलबार मा प्रकाशित ९३५ पटक पढिएको
टीभीएसको दशैं अफरः मोटरसाइकल नकिन्नेलाई पनि हरेक हप्ता आरटीआर ३१० आर जित्ने मौका

असोज ६, काठमाडौं । टीभीएसले आउँदै गरेको ठूला चाडपर्व दशैं र तिहारलाई मध्यनजर गर्दै ‘टीभीएस दशैंको आशा’ योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको योजनामा मोटरसाइकल किन्दा ग्राहकले ९ हजार नगद छुट प्रप्त गर्ने छन् ।

साथै, कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा मोटरसाइकल दिने योजना ल्याएको छ ।

कम्पनीले संचालन गरेको ‘टीभीएस दशैंको आशा’ योजना अन्तर्गत हरेक हप्ता एकजना भाग्यशालीले अपाचे आरआर ३१० मोटरसाइकल जित्न सक्ने छन् । उक्त अफरमा सहभागी हुन मोटरसाइकल नै किन्नु भने पर्ने छैन । यस योजनामा सहभागी हुन चाहने मानिसले tvsnepal.com/dashain मा गएर दिइएको निर्देशअनुसार रजिष्टर गर्नु पर्ने हुन्छ ।

अहिले टीभीएसले विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ । कम्पनीले अपाचे आरटीआर १६० र २००, अपाची आरटीआर १६० फोर भी र २०० फोरभीमा पनि विभिन्न भेरियन्ट, ज्यूपिटर, एनटर्क, वीगो लगायतका स्कुटर बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस