थप १८ जनाको मृत्यु, संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघ्यो

नौलो समाचार संवाददाता
२०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित ६०९ पटक पढिएको
थप १८ जनाको मृत्यु, संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघ्यो

असोज ८, काठमाडौं। पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ ।

देशभरका प्रयोगशालाहरुमा ११ हजार ४४९ नमुना परीक्षण गर्दा ५१३ महिला र ९८४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

थप १८ जनाको मृत्यु

काठमाडौंमा ४, भक्तपुर र कपिलवस्तुमा २/२ तथा झापा, मोरङ, सुनसरी, रौतहट, सप्तरी, धादिङ, दाङ, नवलपरासी, तनहुँ र डडेलधुराका एकएक जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५६ पुगेको छ ।

संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघ्यो

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र ४५७ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५० हजार ४११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस