आज १५ सय ७३ जनामा कोरोना संक्रमण, १० को मृत्यु

नौलो समाचार संवाददाता
२०७७ आश्विन ११, आईतबार मा प्रकाशित ७५८ पटक पढिएको
आज १५ सय ७३ जनामा कोरोना संक्रमण, १० को मृत्यु

असाेज ११, काठमाडौं। पछिल्लो २४ घण्टामा १५ सय ७३ जनामा संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

१९ हजार १९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ३२१ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ६९८ जना छन्। यस्तै क्वारेन्टाइनमा ६ हजार २८१ जना रहेका छन्।

मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार १२३ पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा ८८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५३ हजार ८२८ पुगेको छ।

नेपालमा कोरोनाबाट हालसम्म ४७७ जनाको मृत्यु भएको छ। आइतबार मात्रै १० जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस