तिब्र गतिमा फैलिदै काेराना: अाज थपिए ४ हजार ३६४, मृतककाे संख्या १२

उपत्यकामा एकै दिन २५ सय ४० संक्रमित
नौलो समाचार संवाददाता
२०७७ आश्विन २२, बिहिबार मा प्रकाशित ६०४ पटक पढिएको
तिब्र गतिमा फैलिदै काेराना: अाज थपिए ४ हजार ३६४, मृतककाे संख्या १२

असोज २२,काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्कै उच्च चार हजार ३६४  जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा ९८ हजार ६१७ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५९० पुगेको छ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार ७१७  जना रहेका छन् भने होम आइसोलेसनमा १४ हजार ९४७ जना छन्।

काठमाडौं उपत्यकामा बिहीबार मात्र २५ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा मात्र दुई ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस