वामदेव मुद्दाको सुनुवाइ स्थगित

नौलो समाचार संवाददाता
२०७७ आश्विन २८, बुधबार मा प्रकाशित ८११ पटक पढिएको

वामदेव मुद्दाको सुनुवाइ स्थगित

असोज २८, काठमाडौं। राष्ट्रियसभा सदस्यमा मनोनीत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ स्थगित भएको छ । न्यायाधीशहरूको गणपूरक संख्या नपुगेकाले बुधबार पनि संवैधानिक इजलास स्थगित भएको हो ।

बुधबार सुनुवाइ स्थगित भएसँगै मुद्दाको निरुपण दसैँपछि सर्ने निश्चितप्रायः छ ।

अब घटस्थापनाअघि शुक्रबार मात्रै संवैधानिक इजलास तोकिनेछ ।

कोरोना संक्रमणका कारण अधिकांश न्यायाधीश क्वारेन्टाइन र केही आइलोसेलनमा रहेकाले शुक्रबारको सुनुवाइ पनि रोकिने सम्भावना छ ।


प्रतिक्रिया दिनुहोस