६ सय रूपैयाँले घट्यो सुन, तोलाको ९४ हजार ५ सय

नौलो समाचार संवाददाता
२०७७ आश्विन २८, बुधबार मा प्रकाशित ८५६ पटक पढिएको
६ सय रूपैयाँले घट्यो सुन, तोलाको ९४ हजार ५ सय

असोज २८, काठमाडौँ । सुनको मूल्यमा चार दिनमा १ हजार १ सय रूपैयाँको गिरावट आएको छ। नेपाली बजारमा आज (बुधबार) सुन प्रतितोला ९४ हजार ५ सय रूपैयाँ भएको छ।

साताको प्रारम्भमा गत आइतबार प्रतितोला ९५ हजार ६ सय रूपैयाँ थियो। सोमबार सोही मूल्यमा स्थिर रहेको सुन मंगलबार ४ सय रूपैयाँ घट्दै ९५ हजार १ सय रूपैयाँ प्रतितोला भएको थियो। अघिल्लो दिनभन्दा आज (बुधबार) ६ सय रूपैयाँले घटेको हो। अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको भाउ अस्थिर चलिरहेको असर नेपाली बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत साउनमा सुन अधिकतम १ लाख १ हजार ४ सय रूपैयाँ प्रतितोलासम्म पुगेको थियो। भदौमा पनि अधिकतम १ लाख ४ सय रूपैयाँसम्म उक्लिएको भाउ पछि घट्दै प्रतितोला ९८ हजार ८ सयसम्म आइपुगेको थियो। असोज १ मा भने अझ घटेर सुन प्रतितोला ९६ हजार ६०० र चाँदी १ हजार ३ सय २० रुपैयाँ भएको थियो।

सुनसँगै चाँदीको भाउ पनि घटेको छ। मंगलबार प्रतितोला १ हजार २ सय २५ रूपैयाँ निर्धारण भएको चाँदी बुधबार २० रूपैयाँ घट्दै १ हजार २ सय ५ रूपैयाँ भएको छ।

प्रतिक्रिया दिनुहोस