वीरगन्जबाट २३ किलो सुन र दुई किलो चाँदी बरामद 

नौलो समाचार संवाददाता
२०७७ कार्तिक १, शनिबार मा प्रकाशित १३२८ पटक पढिएको
वीरगन्जबाट २३ किलो सुन र दुई किलो चाँदी बरामद 

कात्तिक १, वीरगन्ज । वीरगन्जको एक अपार्टमेन्टमा प्रहरीले छापा मारेर २३ किलो बढी सुन बरामद गरेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–५ मा रहेको गणेश अपार्टमेन्टमा केही दिनदेखि निगरानी गरेको प्रहरीले शनिबार दुई घण्टा लामो समय छापा मारेर २३ किलो बढी सुन बरामद गरेको हो ।

निलो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा पहेंलो धातु बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् । सुन र चाँदी बरामद भएको विषयमा पत्रकार सम्मेलन गरेर यसको विवरण प्रहरीले सार्वजनिक गरेको छ ।

केही दिनदेखि निगरानी गरेको प्रहरीले शनिबार अपार्टमेन्टबाट एक केजीका दरले १३ वटा सुनका बिस्कुट १३ केजी, मझौला सुनका बिस्कुट ४६ पिस आठ केजी पाँच सय ७६ ग्राम । बिस्कुट सानो १०० ग्रामको दरले १० पिस एक केजी बरामद गरेको छ ।

त्यसैगरी सुनका गरगहनासमेत प्रहरीले बरामद गरेको छ । विभिन्न गहना ६८१ ग्राम भएको प्रहरीको भनाइ छ । त्यसैगरी चाँदीको जस्तो देखिने गरगहना, थाल र भाडा गरेर दुई केजी २६२ ग्राम बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन ।

प्रहरी प्रमुख पन्तका अनुसार २३ किलो बढी सुन र दुई केजी २६२ ग्राम बराबर जाँदीका सामान बरामद भएका छन्।

सुन बरामद भएको अपार्टमेन्टको फ्ल्याट र त्यसका धनीबाटे अनुसन्धान भइरहेको पन्तले जानकारी दिइन् । पर्सा प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर सुन बरामद भएको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस