जिम्मेवारीबाट पछि हट्दै सरकार: अब काेराेनाको परीक्षण र उपचार आफैले गर्नुपर्ने

नौलो समाचार संवाददाता
२०७७ कार्तिक २, आईतबार मा प्रकाशित ८६९ पटक पढिएको
जिम्मेवारीबाट पछि हट्दै सरकार: अब काेराेनाको परीक्षण र उपचार आफैले गर्नुपर्ने

कात्तिक २, काठमाडौं। काेराेना अर्थात काेभिड-१९को परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ।

सरकारले असशक्त, असहाय एक महिला, जेष्ठ नागरिक, स्वास्थ्यकर्मी  सरसफाइमा खटिने कर्मचारी, सुरक्षाकर्मी लगायत बाहेक अरुले आफ्नै खर्चमा कोराना परिक्षण गर्नुपर्ने निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार  असशक्त, असहाय एक महिला, जेष्ठ नागरिक, स्वास्थ्यकर्मी  सरसफाइमा खटिने कर्मचारी, सुरक्षाकर्मी लगायतले कोरोना बिमा गरेको भए उनीहरुको उपचार खर्च बिमाबाट व्यहोर्ने निर्णय भएको छ।

कोरोनाको परिक्षण र उपचार व्यक्तिगत खर्चबाट गर्ने निर्णय सरकारी तथा गैरसरकारी अस्पतालमा आजैबाट लागू हुने उनले बताए ।

त्यस्तै सरकारले निजी, सामुदायिक अस्पतालहरुमा २० प्रतिशत शैय्या तथा मेडिकल कलेजहरुले ३३ प्रतिशत शैय्या छुट्याउने निर्णय परिवर्तन गर्दै अब सबै अस्पतालहरुले कम्तिमा आईसियू लगातयका पूर्वाधारहरुसहित ५० प्रतिशत शैय्या कोभिड-१९ व्यस्थापनका लागि छुट्याउनुपर्ने निर्णय गरेको उनले बताए।

त्यस्तै आइसोलेसनमा रहेका संक्रमितलाई पछिल्लो ३ दिनअघिदेखि लक्षण नदेखिएमा १० दिनमा डिस्जार्च गर्ने र  उनीहरुले ७ दिन होम आइसोलेसनमा बस्नुपर्ने शर्त पालना गर्नुपर्ने गौतमले बताए।

प्रतिक्रिया दिनुहोस