यस्तो छ, बजाजको सबै मोटरसाइकलको नयाँ मूल्यसूची

नौलो समाचार संवाददाता
२०७७ कार्तिक २, आईतबार मा प्रकाशित ८९८ पटक पढिएको
यस्तो छ, बजाजको सबै मोटरसाइकलको नयाँ मूल्यसूची

कात्तिक २, काठमाडौं। दशैंमा बजाजको मोटरसाइकल किन्ने सोच बनाउनु भएको छ भने, नेपालमा बजाजका १० मोडलका १४ भेरियन्ट किन्न सक्नु हुने छ । बजाजको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले बिक्री गर्दै आएको यी मोटरसाइकलको मूल्य १ लाख ७२ हजार ९०० रुपैयाँदेखि ५ लाख ४९ हजार ९०० रुपैयाँसम्म रहेका छन् ।

कम्पनीले सबैभन्दा कम मूल्यमा बिक्री गर्दै आएको मोडल बजाज प्लाटिना हो भने, सबैभन्दा महंगो मूल्यमा बिक्री गर्दै आएको मोडल बजाज डोमिनार ४०० हो ।

नेपालमा सर्वाधिक सफल मोडल भने बजाज पल्सर १५० हो । यसले आफ्नो सेग्मेन्टमा झण्डै ४५ प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको छ । बजाजले पल्सर १५० लाई क्लासिक र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएको छ । बजाज पल्सर १५० क्लासिकको मूल्य २ लाख ६० हजार ९०० रुपैयाँ रहेको छ भने, डबल डिस्क भेरियन्टको मूल्य २ लाख ७१ हजार ९०० रुपैयाँ तोकेको छ ।

पछिल्ला दिनमा निकै सफल रहेको पल्सर एनएस २०० नेपालमा दुई भेरियन्टमा बिक्री हुँदै आएको छ । कम्पनीले एबीएस र एफआई इन्जिनसहितको एनएस २०० को मूल्य ३ लाख ६० हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै काब्रुरेटर इन्जिन र एबीएसहितको एनएस २०० को मूल्य ३ लाख ३९ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

बजाज पल्सर एनएस १६० भने एउटा मात्रै भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले यसमा एबीएस फिचर थप गरेर बिक्री गर्दै आएको छ । यसको मूल्य २ लाख ९० हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

बजाजको अर्को सफल मोडल पल्सर २२० एफको मूल्य ३ लाख ३६ हजार ९०० रुपैयाँ रहेको छ । यसमा पनि कम्पनीले एबीएस फिचर थप गरेर ल्याएको हो ।

कम्पनीले एभेन्जर क्रुजर मोडलको मूल्य ३ लाख ४५ हजार ९०० र एभेन्जर १६० स्ट्रीटको मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।

बजाज डिस्कभर नेपालमा ३ भेरियन्टमा बिक्री हुँदै आएको छ । कम्पनीले ल्याएको १२५ डिस्क एभेन्जरको मूल्य १ लाख ९९ हजार ९००, ड्रम भेरियन्टको मूल्य १ लाख ९२ हजार ९०० र स्टायडर्ड भेरियन्टको मूल्य २ लाख १० हजार ९०० निर्धारण गरेर बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस