कार र मोटरसाईकल सधै नयाँ बनाउने ४ तरिका

नौलो समाचार संवाददाता
२०७७ कार्तिक ३, सोमबार मा प्रकाशित १२७२ पटक पढिएको
कार र मोटरसाईकल सधै नयाँ बनाउने ४ तरिका

कात्तिक ३, काठमाडौं।आफ्नो कार वा मोटरसाइकललाई लामो समयसम्म चम्किलो राख्ने इच्छा जो कोही हुने गर्छ । तर, धुलो, पानी, हिलो, तुषारो जस्ता प्रकृतिक कारणपनि तपाईले चाहेजसरी कारलाई बचाउन कठिन हुने गर्छ ।

तर, अहिले बजारमा विभिन्न किसिमका केमिकलको प्रयोगबाट कार वा मोटरसाइकललाई चम्किलो राख्न सकिने भएको छ । नेपालमा पनि थुप्रै यस्ता कम्पनीहरु खुलेका छन् । ती कम्पनीले तपाईको सवारी साधनलाई नयाँ जस्तै राख्न सघाउ पुर्याउछन् ।

अहिले बजारमा विभिन्न तीन किसिमका सवारी साधन कोटिङहरु आएका छन् । आफ्नो आवश्यकता अनुसार सवारी साधनधनीले म्याट फिनिसिङ कोटिङ, टेफ्लान कोटिङ वा सेरामिक कोटिङ गराउन सक्ने छन् ।

के हो म्याट फिनिसिङ कोटिङः गाडी डेकोरेशन सेन्टरहरुमा म्याट फिनिसिङ कोटिङ अहिले निकै चर्चामा रहँदै आएको छ । यो कोटिङमा कार वा मोटरसाइकल उत्पादन हुँदा गरेको ओरजिनल कलरलाई सुरक्षीत राख्न प्रयोग गरिने कोटिङ सिस्टम नै म्याट फिनिसिङ कोटिङ हो ।

यो एक किसिमको लेमिनेसन नै हो । यसलाई सवारीसाधन माथि लेमिनेट गरिन्छ । यसले कार वा मोटरसाइकललाई सधै नयाँ जस्तै राख्न सहयोग गर्छ ।

सेरामिक कोटिङः यो कोटिङ सेमासिकको भाडाँ जस्तै चम्कीलो वनाउने पद्धति हो । यसको प्रयोग सवारी साधनको कलरमा नै गरिन्छ । यो कोटिङ म्याट फिनिसिङको तुलनामा चम्कीलो हुन्छ । अहिले नेपालमा यसको प्रयोग निकै बढेको छ ।

यो कोटिङले गाडीलाई पानी, घाम र धुलोबाट सहजै बचाउन सक्ने पद्धति हो । यसको प्रयोगले सवारी साधनको उज्यालोपना पहिलेभन्दा धेरै हुन्छ ।

टेफ्लान कोटिङः यो सवारी साधनको कलर भएको बाहिरी भागलाई पूर्णत वाटर प्रुफ बनाउने कोटिङ पद्धति हो । यो निकै पारदर्शी हुन्छ । यस किसिमको कोटिङ प्रयोग भएको सवारी साधनको कलर वर्षौसम्म नयाँ जस्तै रहने गर्छ ।

माइक्रो फाइबर वाइपिङः यो पद्दती आफैँले घरमा सवारी साधन सफा गर्न प्रयोग गर्न सकिन्छ । गाडी सफागर्दा कुनै कपडाको प्रयोग नगरि माइक्रो फाइबर प्रयोग गर्ने भन्ने हो । कपडाले गाडी सफागर्दा गाडीको कलरमा नोक्सानी पुग्छ । त्यसैले माइक्रो फाइबरले गाडी सफा गर्नाले गाडीको चमक सधैँ एक नास रहने हुन्छ ।

प्रतिक्रिया दिनुहोस