कात्तिक ३, काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारबाट सहुलियत मूल्यमा खसी–बोका बिक्री सुरु गरेको छ ।
दसैंलाई लक्षित गरी थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबारदेखि खसी–बोका बिक्री सुरु गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिनुभयो ।
कम्पनीको आइतबार बसेको बैठकले जिउँदो खसी तथा बोका प्रतिकिलो ५ सय ६० रुपैयाँ तोकेको छ ।
जसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँमा खसी–बोका बिक्री गरिने सुवेदीले बताउनुभयो ।
आइतबार साँझसम्म मकवानपुर र दाङबाट ४ सय ५ वटा खसी–बोका थापाथली बिक्री केन्द्रमा आइपुगेको कम्पनीले जनाएको छ ।
खसी–बोकाको जिउँदो मूल्य समान भएको र सो मूल्य गत वर्ष जतिकै भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस