कात्तिक ७, काठमाडौं। कोरोना भाइरसका कारण फिल्म क्षेत्रमा जारी प्रतिबन्ध र मन्दिबीच फिल्म घोषणा गरिएको छ।
(शुक्रबार) दशैंको सातौ दिन फूलपातीको अवसर पारेर चलचित्र ‘चिलगाडी’को घोषणा गरिएको छ । जनकदिप पराजुलीले यो चलचित्रको निर्देशन गर्ने पक्का भएको छ ।
सागर प्रधानको छायांकन रहने चलचित्रका लागि नायक नाजिर हुसेन फाइनल भैसकेका छन् । अन्य कलाकार दशैंपछि तय गरिने निर्माणपक्षले बताएको छ । चलचित्रमा नायिका केकी अधिकारी फाइनल भन्ने चर्चा चलेपनि उनीसँग कुरा पक्का भएको छैन । निर्माणपक्षले दशैंपछि नायिका फाइनल गर्ने बताएको छ ।
फागुणबाट छायांकनमा जाने चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजना निर्माताको छ । रघुनाथ सापकोटाको निर्माणमा बन्न लागेको चलचित्रमा यम थापाको कथा छ ।
प्रतिक्रिया दिनुहोस