काेराेना काभ्रे: आज थपिए ६४ जना संक्रमित, एक जनाको मृत्यु

९ जना डिस्चार्ज
नौलो समाचार संवाददाता
२०७७ कार्तिक १५, शनिबार मा प्रकाशित १३८३ पटक पढिएको
काेराेना काभ्रे: आज थपिए ६४ जना संक्रमित, एक जनाको मृत्यु

कात्तिक १५, काभ्रे। काभ्रेमा आज (शनिबार) ६४ जना नयाँ संक्रमित थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सबैभन्दा धेरै संक्रमित बनेपाका रहेका छन्।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाका अनुसार आज बनेपा नगरपालिकामा मात्रै २७ जना संमिक्रत भेटिएका छन्। यस्तै धुलिखेल नगरपालिकामा १२ जना, पनौती नगरपालिकामा ८, पाँचखाल नगरपालिकामा ६, मण्डनदेउपुर नगरपालिकामा ७, नमाेबुद्ध नगरपालिकामा १, तेमाल गाउँपालिकामा १, महाभारत गाउँपालिकामा १ र चाैरीदेेउराली गाउँपालिकामा १ जना गरी जम्मा ६४ जनालाई काेराेना संक्रमण पुष्टि भएको छ।

यस्तै आज जिल्लामा काेराेना संक्रमणका कारण थप एक जनाको मृत्यु भएकाे छ। काठमाडौंका ७२ वर्षीय पुरुषकाे धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यस्तै जिल्लामा आज ९ जनाले काेराेनालाइ जितेर उपचार पश्चात निकाे भइ घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस