काेराेना काभ्रे: थपिए ९० जना नयाँ संक्रमित, ७७ जना डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७७ कार्तिक १७, सोमबार मा प्रकाशित ८२६ पटक पढिएको
काेराेना काभ्रे: थपिए ९० जना नयाँ संक्रमित, ७७ जना डिस्चार्ज

कात्तिक १७, काभ्रे। काभ्रेमा आज (सोमवार) प्रमुख जिल्ला अधिकारी सहित ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाका अनुसार काभ्रेका आज सबैभन्दा धेरै धुलिखेल नगरपालिकामा कोरोना संक्रमित भेटिएका छन् । उनका अनुसार धुलिखेल नगरपालिकामा १९ महिला र १८ पुरुष, बनेपा नगरपालिकामा १४ महिला २० पुरुष, पनौती नगरपालिकामा ४ पुरुष, ४ महिला, पाँचखाल नगरपालिकामा ३ महिला १ पुरुष, मण्डनदेउपुर नगरपालिकामा ३ महिला २ पुरुष, नमोबुद्ध नगरपालिकाबाट १ महिला १ पुरुष गरी ९० जना संक्रमित थपिएका हुन् ।

यो संगै काभ्रेका संक्रमितको संख्या १७ सय ७३ पुगेको छ । आजै ७७ जना संक्रमित निको भएर घर फर्किए । यो संगै निको भएर घर फर्कनेको संख्या १२ सय २६ छ ।

प्रतिक्रिया दिनुहोस