पछिल्लो २४ घण्टामा कोरोनाबाट ३० जनाको मृत्यु, ३३०९ जना संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७७ कार्तिक १९, बुधबार मा प्रकाशित ५६१ पटक पढिएको

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३० जनाको मृत्यु, ३३०९ जना संक्रमित थपिए

कात्तिक १९, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिनुभयो ।

बितेको २४ घण्टामा १३,१४४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १५७०, ललितपुरमा १८९ र भक्तपुरमा ११९ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८४४ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १४४८७८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस