यसवर्षको तिहार : स्वदेशमै उत्पादित फूल पर्याप्त, काभ्रेबाट फूलमाला निकासी गरी १८ लाखबढी आम्दानी गर्ने लक्ष्य

नौलो समाचार संवाददाता
२०७७ कार्तिक २२, शनिबार मा प्रकाशित २०२४ पटक पढिएको
यसवर्षको तिहार : स्वदेशमै उत्पादित फूल पर्याप्त, काभ्रेबाट फूलमाला निकासी गरी १८ लाखबढी आम्दानी गर्ने लक्ष्य

कात्तिक २२, काभ्रे। यसवर्षको तिहारमा नेपालकाे स्वदेशी फूलको उत्पादनले नै पुग्ने विश्वास गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले अहिलेको तिहारमा स्वदेशमै उत्पादन भएको फूलले पुग्ने हुँदा बाहिरी देशबाट फूल आयात नगर्न सबैमा आग्रह गरेको छ ।

काभ्रेमा पनि जिल्ला भित्रकाे फूलले नै माग धान्ने फ्लोरिकल्चर एसोसिएसन नेपाल काभ्रेले जानकारी दिएको छ। एसाेेेसियसनले जिल्ला भित्र र जिल्ला बाहिर सयपत्री र गोदावरीबाट निर्यात गरी १८ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखिएको छ।

यस पटककाे तिहार कात्तिक अन्त्यमा परेकोले फूूलहरू फुलिसकेको र तत्काल स्टोर गर्ने कार्यलाई प्राथमिकतामा राखिएको र काग तिहारबाट फूलहरू बजारमा ल्याउने तयारी गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपाल काभ्रेका अध्यक्ष बिरेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो।

व्यवसायिक रुपमा खेती गरिएको फूूलहरू मध्ये ६० हजार माला काभ्रेबाट निकासी गर्ने तयारी रहेको छ भने काभ्रेमा मात्र १० हजार खपत गर्ने तयारी रहेको छ। प्रति माला न्यूनतम १२० देखि १६० सम्म रहने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। सयपत्री बाहेक कार्नेसन, जरवेर सहितको माला माग भएको खण्डमा पनि उपलब्ध गराउन सकिने र प्रति माला मुल्य ५०० रहने श्रेष्ठले बताउनुभयो।

भारतबाट फूल आयात निरुत्साहित गर्न सरकार तथा क्वारेन्टाइन शाखालाई पुष्प व्यवसायि संगठनले अनुरोध समेत गरेेेेकाे छ। पुष्प व्यवसायि किसान र सुरक्षा निकायसहितको समन्वयमा व्यक्ति आफैले आयात गर्न सक्ने पुष्प जन्य माला नियन्त्रण गर्न लागी परिरहेको छ।

गत वर्ष नेपालमा आयात गरिएको ७ लाख मालाको तुलनामा यस वर्ष आवश्यक मात्रा पुरै नेपालमा रहेको हुनाले आयात नगर्न व्यवसायीहरूलााई फ्लोरिकल्चर एसोसिएसन नेपालले बिशेष अनुरोध गरेको छ।

काठमाडौं प्रवेश गर्ने नाकामा किसानको गस्ती समेत गरिनुपर्ने आवश्यक्ता रहेको छ । तरकारीको क्वारेनटाईन अनुमति लिई पुष्पमाला आयात गर्ने व्यवसायिहरुको कारणले नेपालकै बास्तविक व्यवसायिक किसान मर्कामै परिरहेकाे फ्लोरिकल्चर एसोसिएसन नेपाल काभ्रेका उपाध्यक्ष भेषबहादुर दनुवारले बताउनुभयो।

यसकार्यमा पुष्पमाला आयात गरि कालिमाटि तथा फलफुल विकासमा राखेर पुष्प माला विक्रि वितरणमा आउने भएको हुनाले आवश्यक नितिगत व्यवस्था सहित निरुत्साहित गर्न सम्बन्धि निकायबाट सहयोग पु¥याईदिन समेत एसाेेेसिएसनले आग्रह रहेको छ ।

गतवर्ष जस्तो बजार नचल्ने आधारमानै यस बर्ष खास रुपमा काभ्रेका व्यवसायिहरु मार्फत पुष्प विरुवा कम लगाईएको अवस्था रहेको छ । कम लगाउदा पनि काभ्रेमा ५० हजार फुल विरुवा सयपत्री र गोदावरी फूल लगाईएको छ ।

विशेष गरेर काभ्रैको पाँचखाल, रोशी, नमोबुद्ध, धुलिखेल, बनेपा, र पनौतिमा व्यवसायिक रुपमा पुष्प खेती गरिएको छ भने परम्परागत रुपमा सबै स्थानिय तहको भुगोलमा व्यक्तिगत प्रयोजनका लागि लगाईने गरेको छ ।

काभ्रेमा व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने गरी उत्पादन गरी लगाइएको उत्पादनको आधारमा काभ्रेमा २ लाख माला प्रयोग भैरहेको स्पष्ट देखिएको र यस हिसाबले पुष्प माला छिमेकी मुलुकबाट आयात गरिरहनु पर्ने आवश्यक्ता नरहेको एसाेसिएसन काभ्रेकाे ठहर छ।

काभ्रेमा पुष्प व्यवसायि २६ जना रहेकाेमा १६ जनाले व्यवसायिक पुष्प खेती गरिरहेको काभ्रेका उपाध्यक्ष दनुवारले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस