अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित

नौलो समाचार संवाददाता
२०७७ कार्तिक २२, शनिबार मा प्रकाशित १००४ पटक पढिएको
अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित

कात्तिक २२, वाशिङ्टन । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक उमेदवार जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिका लागि विजयी भएका छन् ।

राष्ट्रपतिका रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाइडेन आगामी चार वर्षका लागि अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

३ नोभेम्बरमा भएको निर्वाचनमा बाइडेनले २७३ इलेक्टोरल कलेज मत प्राप्त गर्दै बाइडेन विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी ट्रम्पले २१४ इलेक्टोरल कलेज मत ल्याएका छन् ।

मुख्य ब्याटलग्राउन्ड स्टेट पेन्सलभानियामा बाइडेनले जित हासिल गरेसँगै उनको २७३ इलेक्टोरल कलेज मत प्राप्त गरेका हुन् ।

पेन्सिलभेनियामा विजयी हुनुको अर्थ बाइडेनको पक्षमा २ सय ७३ इलेक्टोरल मत आउनु हो । राष्ट्रपति बन्नका लागि २ सय ७० इलेक्टोरल मत भएपुुग्छ । पछिल्लो परिणामअनुसार नेभादा, जर्जिया, एरिजोनामा पनि बाइडेनकै अग्रता छ ।

यद्यपि, जित हासिल गरे पनि मत अन्तर कति छ भन्ने औपचारिक नतिजा आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस