नेकपामाभित्र यो कस्तो रबैया चल्दैछ ?

पुरुषोत्तम ताम्राकार
२०७७ कार्तिक २७, बिहिबार मा प्रकाशित २२९९ पटक पढिएको
नेकपामाभित्र यो कस्तो रबैया चल्दैछ ?

कात्तिक २७ /  चाँडवाडको रुपमा झण्डै यो महामारीको समयमै नेपालीहरुको महान पर्व बडा दशैँ सकिएको छ । अब हाम्रो दोस्रो ठुलो चाँड तिहार आईसकेको छ । करिब यि दुई चाँडावाडहरु नेपाली जनमानसमा सदियौदेखि खुशीका साथ सरद ऋतुको आगमनसंगै आईरहन्छन् । यतिबेला चाँडवाडको यो रमाईलो पलहरुमा पनि झण्डै चैत ११ देखिको लकडाउन सुरु भए यता विश्वमहामारीको यो कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले पनि दिनप्रतिदिन रोगीहरु थपिदै गईरहेका छन् । विशेष सावधानीको विच दशैँ मनाईएको छ ।

यतिबेला राज्यको राजनीतिक गतिविधि पनि तातेको महसुस भैरहेको छ । कोरोना कहरको यो बेतुक परिवेषमै राज्य संकटको यो अवस्थामा प्रिय नेताजीहरुको रवैया पनि मुलुकले यतिबेला भोग्दै आईरहेको छ । गत चुनावी माहौलदेखि नेकपाको सरकार झण्डै ३ वर्षको हाराहारीमा मुलुकमै झण्डै दुई तिहाई बहुमतको सरकार छदैछ । मुलुक यसरी नै चलरिहेको छ । यता नेकपाको सरकार सत्तासिन भई लागिरहेको छ । जनताको असिमित चाहना सरकार प्रति लक्षित त हुने नै भैहाल्यो यतिबेला । त्यसमाथी मुलुकमा यो महामारीको कहर साम्य र्भसकेको छैन । प्रत्उेक दिन कोरोना संक्रमण बढेको बढ्यै छ । बाई द वे, रोग आखिर भन्नासाथ साफि हुन गाह्रो छ ।

मुलुकमा यतिबेला खास अर्थमा चुनौतीको चाँङ चारै तिर छ । यो सबैलाई थाहै होला । रोग, भोक, शिक्षा र स्वास्थ्यको यो चरम अप्ठ्यारोको समयमा नेकपाको सरकार यतिबेला राज्य प्रमुखको हैसियतमा प्रधानमन्त्री केपी ओलीजीको नेतृत्वमा सरकार चलिरहेकै छ । सरकारले समस्या हल गर्न खोजेकै होला, गर्दै पनि छ होला । त्यो आफ्नो ठाउँमा छ । विचको समयमा सरकारलाई सम्मानित सर्वोच्च अदालतको आदेश जारी भएको छ । स्वास्थ्य सेवा निःशुल्क गरिने बारेमा । तत् पश्चात भलै यो पंक्ति कोरिरहदासम्म आम संचारमाध्ययममा कोभिड–१९ को उपचार निःशुल्क गर्ने सरकारी अवधारणा आईसकेको छ । हो, राज्यमा पक्कै पनि जसको सरकार चलिआए पनि नेपाल गरिबीको रेखामुनी नै रहेको छ । झन् यतिबेला यहि कोरोनाको रोगसंग लडिरहेको व्यक्तिहरु समाजमा रोगसंगै अस्पतालमा रकम असुलीको समस्या संग पनि लडिरहनु परेको खबर संचारमाध्यमबाट थाहा पाईने गरेका छन् ।

प्रशंग बदलौ, यता सरकार चल्ने क्रममा यतिबेला लोकप्रिय बन्नुपर्ने नेकपाको सरकार दिनप्रतिदिन केन्द्रिय कमिटिदेखि स्थाई कमिटिसम्मको वार्ता भदौको अन्तिमसम्म केहि समाधान भई फेरी रस्साकस्सीमा गएको देखिएको छ । प्रतिपक्ष कांग्रेसको हालत पनि महाधिवेशनको मिटिङ मिलाउदैमा दिनहरु वितिरहेको छ । यसरी प्रमुख प्रतिपक्षको अवस्था केहि सुध्रिनुपर्ने देखिन्छ ।

नेकपामा यतिबेला भलै प्रधानमन्त्री ज्यूले पार्टी पंक्तिभित्र नेकपामा यो कुन रबैया चल्दैछ, जसमा केन्द्रिय कमिटिदेखि स्थाई कमिटिसम्म यो कुन प्रकारको रस्साकस्सी देखिएको छ, दुबै पार्टि अध्यक्ष अनि महासचिवको रोहबरमा वार्ताको लागि एजेण्डा प्रस्तुत गरेपछि मात्र पार्टीको मिटिङ हुने कुरो पनि प्रधानमन्त्री पक्षले गरिसकेको छ । यदि त्यो हो भने असन्तुष्ट पक्षको काम्रेडहरुले त्यसैगरी हेर्नुप¥यो । सरकार छ, त्यो पनि झण्डै दुई तिहाई बहुमतको अनि वार्ता टेबुल हुन कहाँ अनि कतातिर रोकिईरहेको छ । मुलुक हो खेलाची नहोस मुलुकमा, त्यो पनि राज्य भरिका न्याय प्रेमी जनताको त्यो अभिमतमा नेता काम्रेडहरुको अब यो खेलाची नहोस ।

समय गतिशिल छ । काम गर्ने समय सरकारलाई अवश्य कम छ । काम्रेडहरुले यहि समस्या माथी समस्या परिआएको मुलुकमा के गर्दा, कसो गर्दा होस कमसेकम आउदो ५ वर्षसम्म गतिशिल अवस्थामा कार्य सम्पादन गर्दै के प्रधानमन्त्री, के नेता काम्रेडहरु सबै मिलि मुलुकको यो समस्या समाचन गरी मुलुकलाई थप दुर्घटना हुनबाट र पार्टी एकताको लागि राम्रो गर्ने सद्बुद्धी प्राप्त होस् । यहि शुभकामना ।

प्रतिक्रिया दिनुहोस