एलिना चाैहान र भरत भट्टकाे स्वरमा ‘बुढीकाे कचकच’ गीत सार्वजनिक

नौलो समाचार संवाददाता
२०७७ कार्तिक ३०, आईतबार मा प्रकाशित १०४५ पटक पढिएको
एलिना चाैहान र भरत भट्टकाे स्वरमा ‘बुढीकाे कचकच’ गीत सार्वजनिक

कात्तिक ३०, काभ्रे। चर्चित गायिका एलिना चाैहान र भरत भट्टकाे कर्णप्रिय स्वर रहेको ‘बुढीकाे कचकच’ गीत सार्वजनिक भएको छ ।

सपना बानियाँ र भरत भट्टकाे शब्द सृजना रहेको गीतमा सपना बानियाँले संगीत भरेका छन् । केबी भण्डारीले संगित एरेन्ज गरेका छन् ।

साेफिया बज्राचार्य र राज बस्नेतकाे उत्कृष्ट अभिनय रहेकाे गीतकाे भिडियोलाई निर्देशक अादित्य बुढाथोकीले निर्देशन गरेका हुन्। भिडियोमा पारिवारिक घर झगडाकाे विषय समेटिएको छ ।

भिडियोलाई निर्देशक बुढाथोकीले सहज अनि फरक ढंगमा उत्कृष्ट बनाउन खाेजेका छन् । बुढाबुढी बीच सानातिना गल्ती तथा जीवनका अाराेह अवराेहहरुमा अाइपर्ने महत्वकांक्षा अनि चुनाैतीले श्रीमान श्रीमती बिच अाउने तनावलाई भिडियोमा प्रष्ट्याउन खाेजिएकाे छ ।

साेफिया बज्राचार्यकाे प्रस्तुति “बुढीकाे कचकच” मा मुकेश हुमागाईकाे छायांकन, कविता तोलाङ्गीकाे श्रृङ्गार, पदम सुवेदीकाे सम्पादन रहेको भिडियोको कलर संयोजन मिलन विश्वकर्माको रहेको छ । भिडियाेमा अमरकृष्ण चन्दको सह-निर्देशन रहेको छ ।

पर्यटकीय स्थल धुलिखेलकाे देविस्थान अासपासकाे रमणीय दृश्यलाई कैद गरिएकाे भिडियोमा साेफिया बज्राचार्य र राजकाे साथमा सुनिल जिम्बा, शसिशेखर बुढाथोकी,  नवराज दाहाल, ममता घर्ती, अन्जु त्रिपाठी, मिस्रा काफ्ले, सुकदेव थपलिया, सावित्री राना मगर, सहदेव राभाट, दिनेश रानाभाट, प्रजुन रानाभाट, सदिच्छा गिरीकाे अभिनय रहेकाे छ ।

भिडियो अाेएसअार डिजिटलले बजामा ल्याएकाे हाे ।

प्रतिक्रिया दिनुहोस