दुई नयाँ कलरमा ‘रोयल इन्फिल्ड क्लासिक ३५०’ सार्वजनिक

नौलो समाचार संवाददाता
२०७७ मंसिर १२, शुक्रबार मा प्रकाशित ९१७ पटक पढिएको
दुई नयाँ कलरमा ‘रोयल इन्फिल्ड क्लासिक ३५०’ सार्वजनिक

मंसिर १२, काठमाडौं । चेन्नाइ बेस रोयल इन्फिल्डले आफ्नो सर्वाधिक सफल मोटरसाइकल क्लासिक ३५० नयाँ कलरमा सार्वजनिक गरेको छ । कम्पनीले मेटालो सिल्भर र अरेन्ज एम्वेर दुई कलर अप्सनमा ल्याएको हो ।

पुरानो सिल्भर कलरमा मरुनो लोगोका साथै ट्याङकमा मरुन कलर लाइन प्रिन्ट रहेको छ । अर्को तर्फ अरेन्ज एम्बेरमा ब्याल्क र एरेन्ज डबल टोन कलर फिनिसिङ गरिएको छ । यसका साथै इन्जिन, एक्जष्ट र ह्वील पार्टसमा कालो कलर फिनिसिङ रहेको छ ।

कम्पनीले यी दुई कलर अप्सनलाई ‘मेक इट योर्स’ प्रोग्राम अन्तर्गत उपलब्ध गराउने जनाएको छ । यो भर्सनको मोटरसाइकलमा अलाय ह्वीलका साथ ट्यूबलेस टायर रहेको छ । कम्पनीले कलरका अलावा यसमा अन्य कुनै परिवर्तन भने गरेको छैन् ।

रोयल इन्फिल्ड क्लासीक ३५० मा ३४६ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १९.३ पीएस पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ

यी दुई कलरको मूल्य १ लाख ८३ हजार १६४ भारतीय रुपैयाँ निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस