नवदुर्गा साकोसमा १७ वर्षपछि ईन्द्र हुमागाईँको अध्यक्षतामा नयाँ कार्यसमिती गठन

सुविधा सम्पन्न भवन र पुँजी १ अर्ब १० करोड पु¥याउने प्रतिबद्धता
नौलो समाचार संवाददाता
२०७७ मंसिर १५, सोमबार मा प्रकाशित १४८९ पटक पढिएको
नवदुर्गा साकोसमा १७ वर्षपछि ईन्द्र हुमागाईँको अध्यक्षतामा नयाँ कार्यसमिती गठन

मंसिर १५, काभ्रे । नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । नवदुर्गा साकोस र सोलुथुम्की कृषि सहकारी संस्था लिमिटेडको संयुक्त रुपमा साधारणसभा गरिएको हो । १३ गते शनिबार सम्पन्न साधारणसभाले स्थापनाकालदेखिका अध्यक्ष यज्ञप्रसाद हुमागाईँको नेतृत्वको क्रमभंग गर्दै ईन्द्रप्रसाद हुमागाईँको अध्यक्षतामा नयाँ कार्यसमिती गठन गरेको छ ।

नयाँ कार्यसमितीलाई शुभकामना दिदै नवदुर्गा साकोसका पूर्व अध्यक्ष यज्ञप्रसाद हुमागाईँले स्थापनाकाल २०५९ सालदेखि नै संस्थाको अभिभावकत्व निर्वाह गरी संस्था र शेयर सदस्यहरुको हितमा अनवरत रुपमा लागि परेको बताउनुभयो । २७ जना शेयर सदस्य र ११ हजार पुँजीबाट सुरु गरेर हाल ४ हजार ८९१ शेयर सदस्य र ४३ करोडको पुँजी संकलन गरी ग्रामीण समुदायमा स्थापित संस्था बनाउन सफल भएकोमा आफु हर्षित भएको उल्लेख गर्नुभयो । एउटा संस्था माथी उठ्नुमा एक जनाको मात्र नभै सम्पूर्ण संस्थामा आबद्ध टिमको उत्तिकै योगदान रहेको बताउदै हुमागाईँले स्थापलाकालदेखि हालसम्मकै सम्पूर्ण कार्यसमितिका साथीहरुलाई धन्यवाद दिदै नयाँ नेतृत्वलाई बधाईँ तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो ।

यस्तै सर्वसम्मतीबाट चुनिनुभएका संस्थाका नव अध्यक्ष ईन्द्रप्रसाद हुमागाईँले कार्यक्रममा बोल्दै आफ्नो कार्यकालमा संस्थाको आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । अध्यक्ष हुमागाईले संस्थाको कार्यक्षेत्र र सेवा विस्तार गरी चार वर्षभित्र संस्थाको कुल पुँजी हालको दोब्बर बनाई १ अर्ब १० करोड पु¥याउने बताउनुभयो । आफ्नो कार्यकालमा संस्था, शेयरसदस्य, कर्मचारीको हितमा ध्यान दिदै सहकारी शिक्षा, कृषि, व्यवशाय क्षेत्रमा विभिन्न आकर्षक कार्यक्रम ल्याई शेयर सदस्याहरुलाई संस्थाप्रति आकर्षण गररिहने खालको योजना बनाई लागू गर्ने अध्यक्ष हुमागाईँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

ईन्द्रप्रसाद हुमागाईँको अध्यक्षतामा उपाध्यक्ष¬–हिरालाल आचार्य, सचिव–अकुरप्रसाद सापकोटा, कोषाध्यक्ष–हरिनारायण श्रेष्ठ, सदस्यहरु–प्रदिप भण्डारी, मिनारघु श्रेष्ठ, श्रीकृष्ण बस्नेत, अनितामायाँ तामाङ, कविता आचार्य, कल्पना गौतम र रामकृष्ण भण्डारी सर्वम्मतीमा चयन हुनुभएको छ । यसैगरी लेखा संयोजक रमेशकुमार राजलवट, उपेन्द्र हुमागाईँ नवदुर्गा संरक्षण क्लबको अध्यक्षमा पुनः चार वर्षको लागि निर्वाचित हुनुभएको छ ।

श्रीराम पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा संस्थाका जेष्ठ सदस्य भिमबहादुर खुलाल सम्मानित हुनुभएको छ । यस्तै संस्थाका उत्कृष्ट कर्मचारीको रुपमा लेखापाल प्रद्युमन दाहाल सम्मानित हुनुभएको छ । यसैगरी उत्कृष्ट ऋणी कमला थामी, उत्कृष्ट बचतकर्ता उद्धव तिमल्सिना, दामोदर दाहाल, श्यामकृष्ण घुलु, नहकुल श्रेष्ठ र मोहनदेवी कर्माचार्य सम्मानीत हुनुभएको छ ।

कार्यक्रका प्रमुख अतिथी नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष तथा अधिवक्ता रमेशप्रसाद हुमागाईँ रहनु भएको थियो भने सभापतित्व संस्थाका पूर्व अध्यक्ष यज्ञप्रसाद हुमागाईले गर्नुभएको थियो । संस्थाको कार्यक्रम मंसिर ८ गतेदेखि १२ गतेसम्म विभिन्न सेवा केन्द्र र बचत संकलन केन्द्रमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस