नमोबुद्ध नगरपालिकाले मनायाे सातौं स्थापना दिवस

नौलो समाचार संवाददाता
२०७७ मंसिर १६, मंगलबार मा प्रकाशित ५७९ पटक पढिएको

नमोबुद्ध नगरपालिकाले मनायाे सातौं स्थापना दिवस

मंसिर १६, काभ्रे । नमोबुद्ध नगरपालिकाको सातौ स्थापना दिवसमा विविध कार्यक्रम गरी मनाइएको छ। कार्यक्रममा पुर्व मन्त्री एवं नेकपा केन्द्रिय सदस्य गोकुल बास्कोटाले पक्की सडक हस्तान्तरण, भु–सेवा केन्द्र, नगरझण्डा झण्डोत्तोलन गर्दै सार्वजनिक गर्नुभएको छ । स्थापना दिवसको अवसरमा नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएसँगै भएगरेका कामहरु समेटिएको पुस्तक जनप्रतिनिधिका तीन बर्ष बिमोचन गरिएको छ ।

यसैगरी नगरपालिकामा सघन शहरी विकास आयोजनाबाट निर्माण भएको भकुण्डे–दारेगौंडा–नास्पातीबोट सडक उद्घाटनसँगै हस्तान्तरण गरिएको छ । यसैगरी नमोबुद्ध नगरपालिका ४ मा निर्माण भएको कवर्ड हल नगरपालिकालाई सोही अवसरमा हस्तान्तरण गरिएको छ । बास्कोटाले नमोबुद्धको कार्यक्रममा सञ्चारकर्मी शिव अधिकारी, समाजसेवी एवं व्यवसायी कुमार दाहाल र नेपाल केम्फो खुकुरी मार्शल आर्टस् संघका अध्यक्ष पूर्ण पाण्डेलाई विशेष सम्मान गरेको छ ।

यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंलाई नगरको समृद्धि र प्रशासनिक कार्य एवं सुशासनमा योगदान दिए वापत विशेष सम्मान गरिएको छ । उत्कृष्ट कर्मचारी सन्तोष काफ्ले, उत्कृष्ट वडा सचिव शंकर भट्टराई, उत्कृष्ट वडा कार्यालयहरु वडा नं. १ र वडा नं. २ लाई सम्मान गरिएको छ । यसैगरी वडा कार्यालय निर्माणका लागि जग्गा दिने गोविन्द घिमिरे, रामकृष्ण श्रेष्ठ तथा दुईवटा सडक उपभोक्ता समितिलाई समान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस