गायक कपिल कसपालको वृत्तचित्र “एक अव्यक्त संघर्षको कथा” सार्वजनिक 

नौलो समाचार संवाददाता
२०७७ मंसिर २३, मंगलबार मा प्रकाशित १५६४ पटक पढिएको

गायक कपिल कसपालको वृत्तचित्र “एक अव्यक्त संघर्षको कथा” सार्वजनिक 

मंसिर २३, भक्तपुर । गायक तथा संचारकर्मी कपिल कसपालको जीवन संघर्ष तथा भोगाइको भिडियो वृत्तचित्र (Documentary) “एक अब्यक्त संघर्ष को कथा” एक समारोह बिच लोकार्पण गरिएको छ।

सार्वजनिक गरिएको उक्त डकुमेन्ट्री भिडियाेमा गायक कपिल कसपालको जीवन संघर्षको यथार्थ चित्रण गरिएको छ। भिडियो हेरेर आम दर्शक, श्रोता तथा शुभचिन्तकहरुले कसपाललाई अझै नजिकबाट बुझ्न र महशुस गर्न सक्ने गायक कसपालले विश्वास लिएका छन्।

कार्यक्रममा ब्लाइन्ड रक्स (Blindrocks) कि अध्यक्ष तथा प्रेरक वक्ता (motivational speaker)सृष्टि केसी, नेकपाका नेता तथा प्रदेश सभासद शशीजङ थापा, चाङु नारायण नगरका मेयर सोम मिश्र, मध्यपुर ठिमी नगरका उप-मेयर अन्जना देबि मधिकर्मी, सुर्यबिनायक नगरकन उप-मेयर जुना बस्नेत, नेपाल तयारी कपडा ब्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, वरिष्ठ रचनाकार सुबाशचन्द्र ढुङेल, शिक्षाविद्तथा मोर्डन स्कुलका प्रीन्सिपल अनिल कसपाल लगायत चर्चित कलाकार, सामाजिक अभियन्ता लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै ब्लाइन्ड रक्सकी अध्यक्ष सृष्टि केसीले भिडियोले युवाहरुलाई प्रेरणा दिने बताइन् भने प्रदेश सभासद तथा नेकपाका नेता शशीजङ थापाले जिन्दगीमा अझै धेरै काम गर्न बाकी रहेको र श्रष्टा कसपालमा त्यो क्षमता र संभावना प्रचुर रहेको बताए। त्यसैगरी  सुर्यबिनायक नगरका उपमेयर जुना बस्नेतले कपिल कसपाल मन सफा भएको ब्यक्ति भएको र वहाँको क्रियाशीलता उदाहरणीय भएको बताइन् । वरिष्ठ रचनाकार सुबाश चन्द्र ढुङेलले समालोचनात्मक विश्लेषण गर्दै सफलताको कामना गरे भने चाङुनारायण नगरका मेयर सोम मिश्र तथा मध्यपुर थिमीका उपमेयर अन्जनादेबि मधिकर्मीले सफलताको शुभकामना दिएका थिए।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक  सैलेश थापा, चर्चित व्यंग्यकार चट्याङ मास्टर ,वरिष्ठ सङीतकार दिपक जङम, वरिष्ठ गायक दिपक खरेल लगायतले पठाउनु भएको शु भकामना सन्देश पनि बाचन गरिएको थियो ।

कार्यक्रममा गायक कसपालले “यो मेरो जिवन संघर्षको सार भएको र भिडियो हेरेर मेरा दर्शक, श्रोता तथा शु भचिन्तकहरुले मलाई अझै नजिकबाट बुझ्न र महशुस गर्न सक्नुहुनेछ भन्ने अपेक्षा लिएको बताए ।

भिडियोको निर्माण के.बी प्रोडक्सनले गरेको हो भने यसको निर्देशन, सम्पादन तथा छायांकनको काम बिजेश बज्राचार्यले गरेका हुन् भने डकुमेन्ट्रीमा आवाज तथा स्क्रिप्ट स्वयं गायक तथा संचारकर्मी कपिल कसपालको रहेको छ । कार्यक्रमलाई डाक्टर इवामुरा हस्पिटल भक्तपुर तथा सिटिजन लाइफ इन्सुरेन्सले प्रायोजन गरेको थियोे । कार्यक्रम भक्तपुर राधेराधेस्थित अतिथी बैक्वेटमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस