काभ्रेमा आज २३ जना संक्रमणमुक्त, ३ जना नयाँ संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७७ मंसिर २५, बिहिबार मा प्रकाशित ४५२ पटक पढिएको

काभ्रेमा आज २३ जना संक्रमणमुक्त, ३ जना नयाँ संक्रमित थपिए

मंसिर २५, काभ्रे। जिल्लामा आज (बिहिबार) ३ जना नयाँ कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै जिल्लाका २३ जना कोरोना संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ । २३ जना संक्रमणमुक्त भएसँगै जिल्लामा अहिले १ सय ८५ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।

आज थपिएका संक्रमित सबै धुलिखेल नगरपालिकाका रहेका छन् । थपिएका संक्रमितमध्ये १ जना महिला र २ जना पुरुष गरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डा।नरेन्द्र कुमार झाले बताए । उनका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार ८९ पुगेको छ ।

यस्तै कार्यालयका अनुसार जिल्लाका संक्रमितमध्ये २८ सय ६५ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म जिल्लाका ३९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस