उपत्यकामा ४०४ सहित देशभर १२१७ जनामा कोरोना संक्रमण, १०६४ संक्रमणमुक्त, १२ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ मंसिर २५, बिहिबार मा प्रकाशित ४०७ पटक पढिएको
उपत्यकामा ४०४ सहित देशभर १२१७ जनामा कोरोना संक्रमण, १०६४ संक्रमणमुक्त, १२ जनाको मृत्यु

मंसिर २५ , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार २३२ जनाको पीसीआर परीक्षण भएका छ ।

पछिल्लो २४ घण्टामा १०६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३१ हजार ६०१ जना पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ३२८, ललितपुरमा ५१ र भक्तपुरमा २५ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस