स्याङ्जामा संगीतकर्मी सुरजकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नौलो समाचार संवाददाता
२०७७ पौष १, बुधबार मा प्रकाशित ८४१ पटक पढिएको
स्याङ्जामा संगीतकर्मी सुरजकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पुष १, स्याङ्जा। राष्ट्रिय संगितकर्मी संघ स्याङ्जाको दोस्रो अधिवेशनले सुरज रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

रेग्मीको अध्यक्षतामा नव गठित जिल्ला कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष प्रदिप अधिकारी, महिला उपाध्यक्ष सगुन थापाm उपाध्यक्ष सलिना अधिकारी, सचिव कमल थापा, सह सचिव रितु विश्वकर्मा, कोषध्यक्षराजेश रिमाल, सह कोषध्यक्ष दुधप्रसाद नेपाली र प्रवक्ता सागर खनाल रहेका छन् ।

यस्तै सदस्यहरुमा सुमन भट्टराई, युवराज ढकाल, प्रतिक्षा वाग्ले, सुरज सदाशंकर, मनिष ढकाल, नारायण कार्की, ध्रुव पाठक र सरस्वति मानन्धर सर्वसम्मत निर्वाचित भएका छन् ।

राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा सम्बोधन गर्दै प्रदेश अध्यक्ष गौतमले संस्थामा राजनीति गर्न नमिल्ने बताउँदै कलाकारहरु आफ्नो हक अधिकारको लागि एक हुनुपर्ने बताए । गण्डकी प्रदेश सचिव बालकृष्ण वाग्लेले संगितकर्मी संघ कलाकारको विशुद्ध संस्था भएकोले सबै कलाकार हातेमालो गर्दै अघि बढे कलाकारहरुको हक अधिकार प्राप्तिमा समय नलाग्ने बताए । यसैगरी चर्चित गायक रामचन्द्र ठटालले हामी कलाकारहरु सबै एक ढिक्का भएर अघि बढ्नुपर्ने धारणा राखे ।

संस्थाका जिल्ला अध्यक्ष पुर्ण वाग्ले इतिहासको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष पवित्रा वाग्लेले गरेकी थिइन भने कार्यक्रम संचालन संस्थाका सचिव सुरज रेग्मीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस