थप ७३६ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ पौष १, बुधबार मा प्रकाशित ६६४ पटक पढिएको
थप ७३६ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

पुष १, काठमाडौं। बुधबार नेपालमा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ७५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा ८४७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७४३ पुगेको छ।

यस्तै हालसम्म ४५२ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस