काभ्रेमा आज ७ संक्रमित थपिए, ३८ जना कोरोनामुक्त

नौलो समाचार संवाददाता
२०७७ पौष १, बुधबार मा प्रकाशित ७११ पटक पढिएको
काभ्रेमा आज ७ संक्रमित थपिए, ३८ जना कोरोनामुक्त

पुष १, काभ्रे।  जिल्लामा आज ७ जना संक्रमित थपिएका छन् । आज ३८ जना निको भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा ३ हजार १४५ जना संक्रमित छन् । नयाँ पुष्टि भएका संक्रमितहरुमा बनेपाका २, धुलिखेलका १, मण्डनदेउपुरका २ र पनौतीका २ जना रहेका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या ३१ सय ४५ पुगेको छ । निको हुनेको संख्या २९ सय ९१ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या १ सय १४ जना रहेको छ । जिल्लामा कोरोना संक्रमणबाट ४० पुरुष र १५ महिला गरी ५५ जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ४ महिला अन्य जिल्लाका रहेका छन् ।


प्रतिक्रिया दिनुहोस