२४ घण्टामा १६ जनाको मृत्यु, ७८२ संक्रमित

नौलो समाचार संवाददाता
२०७७ पौष ३, शुक्रबार मा प्रकाशित ३९३ पटक पढिएको
२४ घण्टामा १६ जनाको मृत्यु, ७८२ संक्रमित

पुष ३, काठमाडौं। शुक्रबार नेपालमा थप ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार २९ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७६५ पुगेको छ।

यस्तै हालसम्म ४२७ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस