आईटिएफको भर्चुअल सेराेमाेनिद्धारा नेपालका तीन तेक्वान्दो खेलाडी सम्मानित

नौलो समाचार संवाददाता
२०७७ पौष ४, शनिबार मा प्रकाशित ११४० पटक पढिएको

आईटिएफको भर्चुअल सेराेमाेनिद्धारा नेपालका तीन तेक्वान्दो खेलाडी सम्मानित

पुष ४, काठमाडौँ । आईटिएफको भर्चुअल सेरोमोनिद्धारा नेपालका तीन खेलाडी सम्मानित भएका छन् । पुष ४ (डिसेम्बर १९, २०२०) मा अष्ट्रेलियन सिनियर मास्टर माईकल मुलेताको संयोजकत्वमा आयोजना भएको आईटिएफ हल अफ फेम भर्चुअल सेरोमोनिमा तेक्वान्दो आईटिएफ नेपालका खेलाडी तथा प्रशिक्षक सम्मानित भएका छन् ।

२०२० को अप्रिल महिनामा आयोजना हुनुपर्ने यो कार्यक्रम कोभिडको कारणले स्थगित भई अहिले भर्चुअल सेरोमोनीद्धारा आयोजना भएको हो । उक्त भर्चुअल सेरोमोनी कार्यक्रम तेक्वान्दो आईटिएफ नेपालका संस्थापक अध्यक्ष एवं आईटिएफ तेक्वान्दोमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता लक्ष्मण बस्नेत अन्तर्राष्ट्रिय ब्राण्ड एम्बासडरका रुपमा सम्मानित भएका छन् ।

उनले विगत ३२ वर्षदेखि लगातार तेक्वान्दो खेलमा रहि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी र अन्तर्राष्ट्रिय प्रशिक्षक तथा ए लेवलको रेफ्रि रहि तेक्वान्दो खेलको विकाश र विस्तारको लागि नेपाल तथा विश्वका विभिन्न दुई दर्जन भन्दा धेरै देशहरुमा योगदान पु¥याए बापत उक्त सम्मान दिईएको थियो । बस्नेतले २०१६ मा बेलायतमा आयोजना भएको विश्व तेक्वान्दो प्रतियोगितामा समेत काश्य पदक जित्नुका साथै सन् २०११ मा दक्षिण कोरियाको तेक्वान्दो हेडक्वाटर कुकिवानमा आयोजना भएको तेक्वान्दो हल अफ फेमद्धारा समेत लिडरसिप अवार्ड प्राप्त गरेका थिए ।

त्यसैगरी प्रशिक्षक गयाजी खड्कालाई ईन्डोमेटिएबल स्प्रीट अवार्ड तथा खेलाडी सस्मन बस्नेतलाई आउटस्ट्यान्डीङ्ग एथलेट अवार्ड प्रदान गरिएको थियो । गयाजी खड्का विगत २२ वर्षदेखि तेक्वान्दो खेलमा आबद्ध धैर्य ईमान्दारी तथा आफ्नो अदम्य साहश मार्फत नेपालमा तेक्वान्दो खेल विकाशको लागि आफ्नो महत्वपूर्ण योगदान दिदै नेपालमा आयोजना भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा विभिन्न पदकहरु जित्नुका साथै सन् २०१० मा बेलायतमा आयोजना भएको ब्रिटिस ओपन च्याम्पीयनसिपमा कास्यपदक जितेका थिए ।

त्यस्तै लक्ष्मण बस्नेतका छोरा सस्मन बस्नेतले १० वर्षको उमेरदेखि तेक्वान्दो खेल खेल्न सुरु गरी नेपालमा भएको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा स्वर्ण पदक जिती सन् २०१६ मा बेलायतमा आयोजना भएका विश्व तेक्वान्दो प्रतिया्गितामा रजत पदक तथा सन् २०१७ मा दक्षिण कोरियामा आयोजना भएको एसियन तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक जितेका थिए ।


प्रतिक्रिया दिनुहोस