कोरोना काभ्रे : एक संक्रमितको मृत्यु, ७ जना नयाँ संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७७ पौष ४, शनिबार मा प्रकाशित ७४२ पटक पढिएको
कोरोना काभ्रे : एक संक्रमितको मृत्यु, ७ जना नयाँ संक्रमित थपिए

पुष ४, काभ्रे। काभ्रे जिल्लामा आज थप ७ जनामा कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै जिल्लाका २ जना संक्रमित संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ ।

त्यस्तै काभ्रेमा थप एक जना संक्रमितको मृत्यु भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार कोरोनाका कारण मृत्यु हुने संक्रमित बनेपा नगरपालिकाका ६९ वर्षीय पुरुष रहेका छन् । मृतकमा मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा पुस ३ गते मृत्यु भएको डा।झाको जानकारी छ । योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट ३ जना महिला, धुलिखेल नगरपालिकाबाट ३ जना महिला र नमोबुद्ध नगरपालिकाबाट १ जना पुरुष गरी जिल्लामा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएकोे कार्यालयका प्रमुख डा।नरेन्द्र कुमार झाले बताए ।

उनका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३१ सय ६३ पुगेको छ । त्यस्तै जिल्लामा अहिले १ सय ४ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको जनाकारी छ । कुल संक्रमित संख्यामध्ये जिल्लाका ३ हजार १७ जना संक्रमणमुक्त भएका छन्

प्रतिक्रिया दिनुहोस