गीतकार विमल ओझाको ‘ल ल भैगो‘’ गीत सार्वजनिक (भिडियो)

नौलो समाचार संवाददाता
२०७७ पौष ६, सोमबार मा प्रकाशित ९९५ पटक पढिएको

गीतकार विमल ओझाको ‘ल ल भैगो‘’ गीत सार्वजनिक (भिडियो)

पुष ६, काभ्रे । युवा गीतकार विमल ओझाको ‘ल ल भैगो‘’ शीर्षकको गीत र म्युजिक भिडियो बजारमा आएको छ । हेटौडा जन्मथलो भई अमेरिकाको भर्जिनिया बस्ने ओझाले मायामा हार्दा पनि जितको अनुभव हुन्छ भन्ने भावमा रचना गरेको गीतलाई सागर न्यौपानेले संगीत दिएका छन् ।

प्रेमिकालाई फकाउँदा आफू हार्नलाई पनि तयार भएको सन्देश दिंदै गीतले प्रेमी प्रेमिकाबीचको मनोभावनालाई देखाएको छ । सरल शब्दमा मायालाई प्रकट गर्ने प्रयास गरिएको यो गीतलाई शास्त्रीय संगीतका लोकप्रिय गायक सजल न्यौपानेको स्वरले झनै आकर्षक बनाएको छ ।

गीतको म्युजिक भिडियोलाइ निसल पौडेलले छायांकन गरेका हुन् भने निर्देशन अनुप चापागाईले गरेका हुन् ।

यस गीतको म्युजिक भिडियोमा कलाकार सुरविना कार्की, देबेन्द्र बब्लुको मुख्य भूमिका रहेको छ ।

हेर्नुस् भिडियो  :-


प्रतिक्रिया दिनुहोस