काभ्रेमा आज २२ संक्रमित थपिए, सबैभन्दा धेरै धुलिखेलमा

नौलो समाचार संवाददाता
२०७७ पौष ६, सोमबार मा प्रकाशित ५८३ पटक पढिएको
काभ्रेमा आज २२ संक्रमित थपिए, सबैभन्दा धेरै धुलिखेलमा
corona kavre

पुष ६, काभ्रे। काभ्रे जिल्लामा आज २२ जना संक्रमित थपिएका छन् । आज थपिएकामध्ये सबैभन्दा धेरै धुलिखेल नगरपालिकाका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा ३ हजार १८७ जना संक्रमित छन् । नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेलका १५ जाना, बनेपाका ३, पाँचखालका ३ र महाभारत गाउँपालिकामा १ जना रहेका छन् ।

आज ७ जना निको भएका छन् ।

निको हुनेको संख्या ३ हजार २७ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या १ सय १८ जना रहेको छ । जिल्लामा कोरोना संक्रमणबाट ४२ पुरुष र १६ महिला गरी ५८ जनाको मृत्यु भएको छ । जसमध्ये १२ पुरुष र ४ महिला अन्य जिल्लाका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस