चुनाव हुन्छ, हामीले दुई तिहाई ल्याउँछौं : ओली

नौलो समाचार संवाददाता
२०७७ पौष ७, मंगलबार मा प्रकाशित ५५७ पटक पढिएको
चुनाव हुन्छ, हामीले दुई तिहाई ल्याउँछौं : ओली

पुष ७, काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले आप्नो पार्टीले अब हुने निर्वाचनमा दुई तिहाई ल्याउने दाबी गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै ओलीले चुनाव हुनेमा कुनै दुबिधा नपाल्न आग्रह गर्दै चुनावमा दुई तिहाई ल्याउने गरी लाग्न निर्देशन दिनुभएको हो ।

अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना हुनै नसक्ने दाबी गर्दै ओलीले अबको निार्वचनमा पार्टीले ५० लाख समानुपातिक मतसहित दुई तिहाई ल्याउने निष्कर्ष सुनाउनुभयो ।

११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउँदै २०७८ मंसिर २ मा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले अहिलेको कमिटीले आशातित काम नगरेकाले सदस्य थप्नुपरेको तर्क गरिएको छ ।

हाल कायम ४४७ केन्द्रीय सदस्यमा ५५६ जना थपिएको छ भने १९६ जना अझै थप्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस