सुमित्रा सत्यालको “बिर्से पापीलाई” सार्वजनिक (भिडियो)

नौलो समाचार संवाददाता
२०७७ पौष ९, बिहिबार मा प्रकाशित १०१८ पटक पढिएको
सुमित्रा सत्यालको “बिर्से पापीलाई” सार्वजनिक (भिडियो)

पुष ९, काभ्रे। निकै आशा लाग्दो लोक दोहोरी गीत “बिर्से पापीलाई” सार्वजनिक भएको छ । गीत अहिलेको युवा पुस्तालाई मध्यानजर गदै बनाईएको गायिका सुमित्रा सत्यालले बताउनु भयो ।

गीतमा स्वर गायिका सुमित्रा सत्याल र गायक राजु बिरही सापकोटाको रहेको छ । गायिका सुमित्रा काभ्रे जिल्लाको कोशिपारी चौरीदेउरालीमा जन्मनुभएको हो । घर त नुवाकोट, सुपारी गोजिमा, दुुई मुटु जोडेर जस्ता निकै आश लाग्दो गित बजारमा र्सावजनिक गर्न सफल गायिका सत्यालको “बिर्से पापीलाई” लोक दोहोरि गीतलाइ मिलन फिल्मस्ले बजारमा ल्याएको हो ।

गीतका अर्का गायक राजु बिरहि सापकोटा पनि गायक मात्र नभइ मोडल र भिडियो निर्देशक पनि हुन । उनले निकालेका धेरै गीत र्दशक श्रोताको रोजाइमा परेका छन् ।

यस गितमा लय तथा शब्द पनि उहि गायिका सत्यालको रहेको छ । गीतको छाँयाकन कीर्तिपुरको बिभिन्न रमणिय स्थानमा मरुभुमी नारायणले गरेका हुन । यसैगरी मेकअप भने राकेश रनपाको रहेको छ भने गितमा ऐरेन्ज संजय श्रीपालले गरेका छन् ।

संचारकर्मी अरबिन्द्र गौतम र साबित्री श्रेष्ठले गीतकाे भिडियोमा अभिनय गरेका छन्। गौतमले यो भन्दा पहिला बाध्य भए पराईको हुनलाई बोलको गितमा अभिनय गरिसकेका थिए । आफुले यँहि क्षेत्रमा कलम चलाउने भएकोले र आफुलाई पनि रहर भएकोले गीतमा अभिनय गरेको गौतमले जानकारी दिए । साबित्री क्षेष्ठ पनि पछिल्लो समय आफ्नो छुटै पहिचान बनाउन सफल मोडल हुन । “बिर्से पापिलाई” बोलको गितलाई रोशन धितालले सम्पादन गरेका छन् ।

हेर्नुहोस भिडियो :-

प्रतिक्रिया दिनुहोस