पनौती नगरपालिकाको थप २ वटा विद्यालयमा ‘विद्यालय नर्स कार्यक्रम’ सुरुवात हुदैँ

नौलो समाचार संवाददाता
२०७७ पौष १४, मंगलबार मा प्रकाशित ६६४ पटक पढिएको
पनौती नगरपालिकाको थप २ वटा विद्यालयमा ‘विद्यालय नर्स कार्यक्रम’ सुरुवात हुदैँ

पुष १४, काभ्रे । पनौती नगरपालिकाको थप २ वटा विद्यालयमा ‘विद्यालय नर्स कार्यक्रम’ सुरुहुने भएको छ । नगरपालिकाको इन्द्रेश्वर माद्यामिक विद्यालयमा र भालेश्वर माद्यामिक विद्यालयमा सुरु गर्न लागिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पुरुषोत्तम तिमल्सिनाले जानकारी दिए।

उनका अनुसार आवश्यकताको आधारमा यो कार्यक्रमलाई नगरपालिकाले थप सहयोग गर्ने जनाएको छ । यो कार्यक्रम कुशादेवी माद्यामिक विद्यालयमा जतिकै उत्कृष्ट बनाउने नगरपालिको पनि लक्ष रहेको नगरपालिले लक्ष्य लिएको छ ।

नगरपालिकाले यो बर्ष स्वास्थ्यको क्षेत्रमा करिब ५ करोड आन्तरिक रकम विनियोजन गरेको छ । यसैगरी स्वास्थ्यकै क्षेत्रमा प्रदेश सरकारको पनि ३५ लाख बजेट रहेको छ । बागमती प्रदेशको सफल प्रवद्धनात्मक स्वास्थ्य शिक्षा कार्यक्रम अन्र्तगतको ‘विद्यालय नर्स कार्यक्रम’ गत आर्थिक बर्षमा नगरपालिका भित्रको कुशादेवी माद्यामिक विद्यालयमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस