काभ्रेली पत्रकार बजगाईं र ‘कालोटोपी’ ‘अर्जुन-राधा-विन्धवासिनी पत्रकारिता पुरस्कार’बाट सम्मानित

नौलो समाचार संवाददाता
२०७७ पौष १६, बिहिबार मा प्रकाशित १०८८ पटक पढिएको

काभ्रेली पत्रकार बजगाईं र ‘कालोटोपी’ ‘अर्जुन-राधा-विन्धवासिनी पत्रकारिता पुरस्कार’बाट सम्मानित

पुष १६, काभ्रे । काभ्रेका दुई पत्रकार ‘अर्जुन-राधा-विन्धवासिनी पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन्।

नवक्षितिज साप्ताहिकका प्रधानसम्पादक नवराज बजगाईं र केन्द्रबिन्दु मिडियाका वरिष्ठ उपसम्पादक ज्ञानमणि नेपाल कालोटोपी ‘अर्जुन-राधा-विन्धवासिनी पत्रकारिता पुरस्कार ०७७’ बाट सम्मानित भएका हुुन् ।

पत्रकारितामा लामाेे समयदेखि सक्रिय पत्रकार बजगाई र कालोटोपीलाई बिहिबार मण्डनदेउपुर नगरपालिका–१० स्थित श्री विन्धवासिनी माविको ४३ औं वार्षिकउत्सवको अवसरमा अर्जुन–राधा फाउण्डेशनले नगद ५००० र सम्मानपत्रसहित वर्ष ०७७ बाट सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष सुमन नेपाल, अर्जुन-राधा फाउण्डेशनका संस्थापक शिक्षक अर्जुनबहादुर नेपाल र मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवा लगायतले सम्मान गरेका हुन् ।

कार्यक्रममा विन्धवासिनी माविमा अध्ययनरत ९ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको थियो । जस अन्र्तगत एसइइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी पनि रहेका छन् ।

४ वर्ष अघि यस विद्यालयमा अर्जुन–राधा फाउण्डेशनले एक लाख रुपैयाँको अक्षयकोष खडा गरि हरेकवर्ष जिल्लामा सक्रिय एक जना संचारकर्मी र सो विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिंदै आएको छ । आगामी दिनहरुमा अहिले कायम रहेको अक्षयकोषमा ५० हजार नगद थप गरिने संस्थापक अर्जुन नेपालले जानकारी दिए । यसले आगामी दिनमा कार्यक्रम संचालनका लागि थप सहज हुने र यस्तो कार्यक्रमलाई निरन्तरता दिइने संस्थाका अध्यक्ष एवं संचारकर्मी सुमन नेपालले जानकारी दिए । साथै सो विद्यालयमा साहित्यकार रमेश विकलको नाममा र शुशीला चालिसेको नाममा पनि अक्षयकोष स्थापना गरिएको छ । आज छात्रवृत्ती प्रदान गरिएका ८ जना विद्यार्थीहरुलाई सोही संस्था र विद्यालयको सहयोगमा नगद दिइएको थियो । उनीहरु सबैलाई जनही ५ हजार प्रदान गरियो ।

नगरपालिका प्रमुख टोकबहादुर वाइवाले नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतमा नगरबाट शुरु गरिएका कार्यक्रमहरुलाई निरन्तरता दिइने बताए । साथै उनले विद्यार्थीको शैक्षिक अवस्था सुधारका लागि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति लगायतले सक्रिय भूमिका खेल्नु पर्ने सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस