फिल्म फियर अवार्डमा काभ्रेली चलचित्र पत्रकार सचित खड़का सम्मानित

सर्वोत्कृष्ट नायक/नयिकाको उपाधी विपिन र स्वस्तिमालाई
नौलो समाचार संवाददाता
२०७७ पौष १७, शुक्रबार मा प्रकाशित ९४८ पटक पढिएको

फिल्म फियर अवार्डमा काभ्रेली चलचित्र पत्रकार सचित खड़का सम्मानित

पुष १७, काठमाडौं। विगत लामो समयदेखि चलचित्र पत्रकारिता गर्दै आएका पत्रकार सचित खड्का सम्मानित भएका छन् । बिहीबार पोखरामा सम्पन्न १२ औं नेशनल बक्स अफिस फिल्म फियर अवार्ड २०७७ मा उनी “बक्स अफिस चलचित्र पत्रकार सम्मान”बाट सम्मानित भएका हुन् ।

कला क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै पुर्याएको योगदानको विशिष्ट कदर गर्दै आयोजक टिमले उनलाई सम्मान गरेको हो। हाल काभ्रे रेडियो टेलिभिजन प्रसारक मंचका अध्यक्ष एवम् रेडियो सेफर्डका स्टेसन म्यानेजर समेत रहेका खड्का लामो समयदेखि चलचित्र पत्रकारितामा निरन्तर खटिरहेका छन् ।

४५ विधामा प्रदान गरिएको उक्त अवार्डको १२ औं संस्करण बक्स अफिस इन्टरनेशनल ग्रुपले रसियाको राजधानी मस्कोमा गर्ने तयारी गरेतापनि कोरोना भाइरसका कारण नेपालमै सम्पन्न गर्नुपरेको अवार्ड अध्यक्ष राम बहादुर सुवेदी (आरके)ले बताए।

प्रदेश नं ४ मुख्य मन्त्री पृथ्वी सुब्बाको प्रमुख आथित्री ,चलचित्र बिकास बोडका अध्यक्ष दयाराम दाहाल ,निर्माता संघका अध्यक्ष आकाश अधिकारी ,कलाकार संघका अध्यक्ष आकाश आधिकारी ,चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का,चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानको विशिष्ट आथित्यमा अँग्रेजी नयाँ वर्ष २०२० लाई बिदाई र २०२१ लाई स्वागत गर्दै सम्पन्न भएको १२ औँ नेसनल बक्स अफिस फिल्म फेयर अवार्डमा गत बर्ष बक्स अफिस कलेक्सनमा बर्षकै सर्वाधिक सफल चलचित्र छक्का पञ्जा ३ ले बाजी मारेको छ ।

चलचित्र छक्का पञ्जा ३ ले कुल १०५ चलचित्रलाई पछार्दै आफुलाई उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्माता, उत्कृष्ट निर्देशक, उत्कृष्ट नृत्य निर्देशक, पटकथा संवाद, सह–नायक र चलचित्र निर्देशन लगाएत विभिन्न विधा गरी कुल ४३ विधा मध्ये १२ विधामा कब्जा जमाएको छ । यसै वर्ष सार्वधिक सफल चलचित्र मानिएको निर्माता सुवास थापाले निर्माण गरेको चलचित्र प्रसादले ६ विधामा आफुलाई अब्बल देखाएको छ ।

चलचित्र प्रसादले नायक, कथा, संगीत, गायन, गीतकार लगायतका विभिन्न विधामा आफुलाई सर्वोत्कृष्ट प्रमाणित गरेको छ । चलचित्र प्रसाद बाट अभिनेता विपिन कार्कीले १०५ चलचित्रका नायकहरुलाई पछार्दै आफुलाई अब्बल अभिनेताको रुपमा प्रस्तुत गरेका छन् । त्यसैगरी चलचित्र बुलबुलबाट नायिका स्वस्तिमा खड्काले सर्वोत्कृष्ट नयिकाको उपाधी हासिल गरेकी छिन् ।


प्रतिक्रिया दिनुहोस