काभ्रेको नमोबुद्ध नगरपालिकामा सूचनाको हकका विषयमा अन्तरक्रिया सम्पन्न

नौलो समाचार संवाददाता
२०७७ पौष १९, आईतबार मा प्रकाशित ७८४ पटक पढिएको

काभ्रेको नमोबुद्ध नगरपालिकामा सूचनाको हकका विषयमा अन्तरक्रिया सम्पन्न

पुष १९, काभ्रे। राष्ट्रिय सूचना आयोगले सूचनाको अधिकारबारे जनचेतना जगाउन अभियान सञ्चालन गरिरहेको छ ।

आयोगको आयोजना तथा नमोबुद्ध नगरपालिकाको समन्वयमा सूचनाको हकका विषयमा काभ्रेमा अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले जनतालाई अधिकार सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्यले सूचनाको हकसम्वन्धी व्यवस्था गरिएको बताए ।

उनले नगरपालिका अन्तर्गतका विद्यालय, स्वास्थ्य संस्था लगायत सबै निकायमा सूचना अधिकारीको व्यवस्था हुनुपर्ने, तीन महिनामा भए गरेका कामको विवरण सार्वजनिक गर्नुपर्ने बताउँदै नागरिकले मागेका सूचना उपलव्ध गराएपछि स्थानीय तह नै बलियो बन्ने बताए ।

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालालाई सूचनाको हकका विषयमा जानकारी गराउने र सूचनाको हकको व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस