आज ४०९ जनामा कोरोना पुष्टि, ६ को मृत्यु

नौलो समाचार संवाददाता
२०७७ पौष २२, बुधबार मा प्रकाशित ११८ पटक पढिएको



पुष २२, काठमाडौँ।  पछिल्लो २४ घण्टामा देशभर ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा १४४ जना महिला र २६५ जना पुरुष रहेका छन् ।

२४ घण्टामा ६ हजार ७०६ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ६४ हजार १६० पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार १३३ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा ४९५ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ६ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८९९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस