पनौती नगरपालिकाको आठौं नगरसभा सुरु,उप–प्रमुख बञ्जाराद्वारा मानव अधिकार परिषद विधेयक प्रस्तुत

नौलो समाचार संवाददाता
२०७७ पौष २७, सोमबार मा प्रकाशित ८२५ पटक पढिएको

पनौती नगरपालिकाको आठौं नगरसभा सुरु,उप–प्रमुख बञ्जाराद्वारा मानव अधिकार परिषद विधेयक प्रस्तुत

पुष २७, काभ्रे। पनौती नगरपालिकाको आठौं नगरसभा सुरु भएको छ । सोमबार पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेको सभाध्यक्षमा सञ्चालन भएको कार्यक्रममा उप–प्रमुख गीता बञ्जाराले मानव अधिकार परिषद विधेयक ०४/२०७७ प्रस्तुत गरेकी थिइन् ।

उक्त विधेयकमा मानवअधिकार तथा न्यायमैत्री नगरपरिषदका लागि स्थानीय संयन्त्र गठनका लागि प्रस्ताव गरिएको छ । संयन्त्रले मानवअधिकार तथा न्यायमैत्री नगर घोषणापत्रको व्यवहारिक कार्यान्वयनको नियमन, अनुगमन गर्ने, आवश्यक सुझाव दिने, मानवअधिकार उल्लंघनका घटना भएमा खबरदारी गर्ने, नागरिक सचेतनाका लागि विभिन्न कार्यक्रम गर्ने, सार्वजनिक निकायहरु पारदर्शी, जवाफदेही, चुस्त दुरुस्त भए नभएको अनुगमन गर्ने लगायतका कार्य गर्ने छ ।

यस्तै सभामा पनौती नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष किशोर थापाले गत आर्थिक वर्षको भौतीक तथा विक्तिय प्रगति प्रतिवेदन अनुमोदनका लागि प्रस्ताव गरेका छन् । वडा नम्वर ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानीले चालु आर्थिक वर्ष २०७७/७८ को यस अवधिसम्मको वार्षिक प्रगति प्रतिेवेदन, वडा नम्वर ४ का वडा अध्यक्ष वुद्धसिं थापाले आर्थिक वर्ष २०७५/०७६ को अन्तिम लेखापरिक्षण प्रतिवेदन र लेखा समितको प्रतिवेदनको समर्थन सम्बन्धि प्रस्ताव, वडा अध्यक्ष श्रीधर पाध्या कुइकेलले, कार्यपालिका बैठकमा भएका निर्णयहरु अनुमोदन सम्बन्धि प्रस्ताव, वडा अध्यक्ष केशव बञ्जाराले वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक अनुमोदनका लागि सभामा प्रस्तुत गरेका छन् ।

यस्तै वडा अध्यक्ष गुणनाथ सापकोटाले नगर युवा तथा खेलकुद परिषद विधेयक, वडा अध्यक्ष तारामामन लामाले वन विेधेयक, वडा अध्यक्ष इश्वरराज जंगमले खानी तथा खनिज पदार्थ सम्बन्धि व्यवस्थापन गर्न बनेको विधेयक, वडा अध्यक्ष मोहन बहादुर भण्डारीले नगर अस्पताल निर्माणका लागि जग्गा अउपब्ध गराउने सम्झौता अनुमोदन सम्बन्धि प्रस्ताव, वडा अध्यक्ष पुरुषेत्तम अधिकारीले चरा संरक्षण सम्बन्धि विशेष प्रस्ताव र वडा अध्यक्ष शहकुल कुमार हुमागाँईले कृषि पकेट क्षेत्र घोषणा सम्बन्धि विशेष प्रस्ताव सभामा पेश गरेका छन् ।

नगरपालिका भित्रका १२ वटै वडाका वडा अध्यक्षलाई आफ्नो धारणा राख्न समय दिइएको थियो । सभामा अधिकांश वडा अध्यक्षले नगर प्रमुख भिम न्यौपानेले सबैको भावनालाई कदर गर्दै काम गरेको भन्दै प्रशंसा गरेका थिए । वडा अध्यक्ष गुणनाथ सापकोटाले सुरुङमार्ग निर्माण गरि उपत्यका प्रवेशमा सहजता प्रदान गर्न नगरप्रमुखलाई ध्यानाकर्षण गराएका छन् ।

यस्तै वडा नम्वर ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानीले मकर मेलालाई लक्षित गर्दै अहिले देखीनै योजनाका साथ काम गर्नुपर्ने बताए । वडा नम्वर ५ का वडा अध्यक्ष श्रीधर पाध्या कुइकेलले सिमा धुलिखेल, बनेपा र पनौती बिचको सिमा विवाद तत्काल समाधान गर्नुपर्ने बताएका छन् । प्रस्तावहरु माथी भोली छलफल हुने कार्यसुची छ ।


प्रतिक्रिया दिनुहोस