पाँचखालमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ पौष २८, मंगलबार मा प्रकाशित ९४३ पटक पढिएको

पाँचखालमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

पुष २८, काभ्रे। काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पाँचखाल नगरपालिकाको अरनिको राजमार्गमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको जलबिरेबाट काठमाडौंबाट आउँदै गरेको बा २ ख ६६०२ नम्बरको बसले बा ६ प ७८३४ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार पाँचखाल नगरपालिका–३ का २५ वर्षीय दिवाकर भुजेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख विशाल तामाङले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस