विहिबारदेखि तातोपानी नाका तीन साताका लागि बन्द हुने

नौलो समाचार संवाददाता
२०७७ माघ ७, बुधबार मा प्रकाशित ५०५ पटक पढिएको

विहिबारदेखि तातोपानी नाका तीन साताका लागि बन्द हुने

माघ ७, सिन्धुपाल्चोक। भोली (विहिबार)देखि तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न भोलिदेखि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

बाढीले क्षति पु¥याएको पुल पुनर्निर्माणका लागि बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ पक्षबाट आएको तातोपानी भन्सार प्रमुख लाबहादुर खत्रीले जानकारी दिनुभयो ।

पहिलेकै बाढीले क्षति पु¥याएको पुलको एक भागामा केही दिन अघिको बाढी थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको उहाँको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस