नेपाल आइपुग्यो कोरोना विरुद्धको खोप

नौलो समाचार संवाददाता
२०७७ माघ ८, बिहिबार मा प्रकाशित ५१४ पटक पढिएको
नेपाल आइपुग्यो कोरोना विरुद्धको खोप

माघ ८, काठमाडौंं। भारत सरकारले नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ। बिहीबार बिहान इयर इन्डियाको विमानबाट खोप काठमाडौं ल्याइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम छ।

खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो। अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिएको हो।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सरफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापन गर्ने टोलीलाई खोप दिइने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस