माेडलिङमा जम्दै सन्तोष, आयाे तामाङ सेलो गीत ‘मेरो स्टायल, कानैमा सुन दिउँला’

नौलो समाचार संवाददाता
२०७७ माघ ९, शुक्रबार मा प्रकाशित ९२४ पटक पढिएको
माेडलिङमा जम्दै सन्तोष, आयाे तामाङ सेलो गीत ‘मेरो स्टायल, कानैमा सुन दिउँला’

माघ ९, काभ्रे। उदियमान कलाकार मोडल सन्तोष दोङ तामाङ आफ्नो स्टाइल देखाउँदै आएका छन् । हालै मात्र सार्वजनिक भएको आधुनिक तामाङ सेलो गीत ‘मेरो स्टायल, कानैमा सुन दिउँला’ बोलको गीतको भिडियोमा पनि उनकाेे स्टायल देख्न सकिन्छ।

मोडलिङ क्षेत्रमा एकदमै सम्भावना बोकेका मोडल तामाङले भिडियोमा आफ्नो उत्कृष्ट कला पस्केका छन् । उनको साथमा भिडियोमा मिलन थिङ पाराङ, संजय थिङ, कुइसाङ रुम्बा, इसा घिसिङको उत्कृष्ट फिचरिङ रहेको छ ।

विशाल काल्तानको स्वर, शब्द अनि संगीत रहेको ‘मेरो स्टायल, कानैमा सुन दिउँला’ को म्युजिक भिडियोमा छायाँकन सम्पादन बिक्रम लामाको रहेको छ भने श्रृङ्गार सपना लम्सालको रहेको छ । भिडियोको कोरियोग्राफी, निर्देशन भने युद्ध लामाले गरेका छन् । भिडियोलाई दुच्छे म्युजिक क्रियसन मार्फत हालै युट्युबमा सार्वजनिक गरिएको हो ।

भिडियो सार्वजनिक भएको छोटो समयमा नै चर्चा बटुल्न सफल भैसकेको छ । एक साता नबित्दै भिडियोलाई पचास हजार भन्दा बढीले हेरिसकेका छन् । चर्चाको शिखरमा रहेको गीतमा अभिनय गरेका कलाकार सन्तोष तामाङको अभिनय रहेको यस अघि बजारमा आएको ‘पानै त खाने सुपारी चुन’ ले पनि निकै चर्चा पाएकोले ‘मेरो स्टायल, कानैमा सुन दिउँला’ पनि सफल हुने सन्तोष बताउँछन् ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस