लाेक दाेहाेरी गीत ‘भयो हाम्रो भेट’ सार्वजनिक (भिडियो)

नौलो समाचार संवाददाता
२०७७ माघ १२, सोमबार मा प्रकाशित ११५० पटक पढिएको

लाेक दाेहाेरी गीत ‘भयो हाम्रो भेट’ सार्वजनिक (भिडियो)

माघ१२, काभ्रे। लोकदोहोरी गायिका सुमित्रा सत्यालको माया पिरतिमा आधारीत लोक दोहोरी गीत ‘भयो हाम्रो भेट’ बजारमा आएको छ । मिलन फिल्मस् युटुब च्यानलबाट गीत सार्वजानिक भएको छ।

माेेडल दिपेन्द्र श्रेष्ठको अभिनयमा ‘भयो हाम्रो भेट’ बोलको गित सार्वजानिक भएको हो । सिन्धुपाञ्चोकका श्रेेष्ठ मोबाइल रिपेयरबाट मोड्लिङ क्षेत्रमा पाइला अगाडी बढाएका हुन्।

गायिका सुमित्रा सत्याल र रमेश श्रेष्ठको आवाजमा गीत बजारमा आएको छ । रेशम थापाको लय, सुमित्रा सत्यालको शब्द र संजय श्रीपालको एरेन्ज रहेको छ भने भिडियोको निर्देशन राजु बिरही सापकोटले गरेका छन् । काठमाण्डौको बिभिन्न रमणीय स्थानमा विपिन क्षेत्रीले छायाँकन गरेका छन् । विपिन क्षेत्रीले छायाँकन गरेका भिडियोहरु चर्चामा नै रहेका छन् ।

‘भयो हाम्रो भेट’ बोलको गीतलाई रोशन धितालले सम्पादन गरेका हुन्। गीतकाेे भिडियोमा माेेडल दिपेन्द्र श्रेष्ठसंगै अरबिन्द्र गौतम, रानिया भण्डारी, दिपेन्द्र श्रेष्ठ र निशा मगरको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुस् :-

 


प्रतिक्रिया दिनुहोस