सामुदायिक साकोसको २७ औं स्थापना दिवस सम्पन्न

नौलो समाचार संवाददाता
२०७७ माघ १४, बुधबार मा प्रकाशित १०२९ पटक पढिएको

सामुदायिक साकोसको २७ औं स्थापना दिवस सम्पन्न

माघ १४, काभ्रे। काभ्रेकाे पनाैती टाैखालस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाकाे २७ औं स्थापना दिवस सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष प्रकाश वन्जाराको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल प्रमुख आतिथी रहनुभएको थियो।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य डि.बी. बस्नेत, नेफ्स्कुनका अध्यक्ष परितोष पौडेल, वागमती प्रदेश सहकारी संघका अध्यक्ष मशरण शर्मा घिमिरे, वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्घव सापकोटा विशिष्ट अतिथिको रुपमा उपस्थित रहनु भएको थियो भने पनौती नगरपालिका उप-प्रमुख गिता बन्जारा, वाग्मती प्रदेश बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक कृष्णप्रसाद तिमल्सिना, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना लगायत जिल्लाका सञ्चारकर्मीहरु, पनौती न.पा. वडा नं. ४ का अध्यक्ष श्री बुद्धसिंह थापा, प्याब्सन काभ्रेका अध्यक्ष पूर्णकुमार श्रेष्ठ, पनौती नगरपालिकाका सहकारी रजिष्ट्रार इन्द्रप्रसाद अधिकारी, पनौती प्रहरी चौकि प्रमुख अशोक महतो, पूर्व वार एशोसियसन काभ्रेका अध्यक्ष कृष्णप्रसाद सापकोटा लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सामुदायिक जिल्लामा मात्र नभै देश र विदेशमा समेत उत्कृष्ट रहेको उल्लेख गर्दै एकिकरणको अभियानमा जिल्लामै अग्रणि भुमिका प्रस्तुत गर्दै सहकार्य र सदस्य सेवामा स्थानिय स्तरमा नै सेवा प्रदान गर्दै उत्कृष्ट कार्य गर्न सफल भएकोकोमा बधाई दिनु भएको थियो । संस्थाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन उल्लेख्य रहेको र हरेक वर्ष यसमा देखिएको वित्तिय तथा गैर वित्तिय प्रगतिका साथ आधुनिक प्रविधिहरुको प्रयोग गरि अझै उत्कृष्ट हुँदै जाओस र देशकै नमुना सहकारी बन्न सफलहोस् भन्ने शुभकामना सहितको मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा नेफ्स्कुन अध्यक्ष परितोष पौडेल सम्मानित हुने सवैलाई बधाई दिनुहुँदै आगामि दिनहरुमा संस्थाको अझै विकास र विस्तारको लागि शुभकामना ब्यक्त गर्नुहुँदै मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले योजनाबद्ध रुपमा समुदाय तथा कृषक सदस्यहरुको हितका कार्यक्रमहरुलाई निरन्तरता दिँदै अगाडि बढ्न सफल रहोस भन्ने शुभकामना ब्यक्त गर्नुृभएको थियो भने प्यावसन काभ्रेका अध्यक्ष श्री पूर्ण कुमार श्रेष्ठले संस्थाको स्थापनाको अवस्थाको स्मरण गर्दै यहि सहकारीमा प्रवेश गरेकै कारण विभिन्न तह र तप्कामा अवसर प्राप्त गर्न सकेको उल्लेख गर्दै सामुदायिकले समुदायको हितमा गरेको कार्य र योगदानको चर्चा समेत गर्नु भएको थियो ।

कार्यक्रमको समापनमा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष प्रकाश बन्जाराले संस्थामा विभिन्न विधामा सम्मानित हुनेहरुलाई बधाई दिनुहुँदै यसले उत्कृष्टताको लागि उर्जा थपोस भन्ने कामना ब्यक्त गर्नु भयो । संस्थाले सदस्य र समुदायको आर्थिक तथा सामाजिक स्तर उन्नतिमा योगदान गर्दै आएको र यस अभियानमा प्राप्त सल्लाह सुझावहरुलाई नीति र विधि अनुरुप लागूगर्दै जाने प्रतिबद्धता समेत जनाउनु भएको थियो । यसै क्रममा सदस्यहरुको आर्थिक स्तर उकासि आत्मनिर्भर बनाउने अभियानमा स्थानिय तह, संघ र प्रदेशसँग समेत सहकार्य गरि अगाडि बढ्ने उल्लेख गर्नुभयो र संस्था एकीकरण अभियान मार्फत एकै संस्था र एकै छानामुनि सवै प्रकारका बस्तु तथा सेवा प्रदान गर्ने अभियानमा रहेको उल्लेख गर्नुहुँदै संस्थालाई बृहत बनाउँदै नीति र विधिमा सञ्चालन गर्दै बृहत र सर्वोत्कृष्ट संस्था बनाउने अभियानलाई पूर्ण जिम्मेवारीका साथ पुरा गर्ने प्रतिवद्धताका साथ सभा समापन गर्नु भएको थियो ।

कार्यक्रममा संस्थामा कारोवार गरिरहनु भएका सदस्यहरु मध्ये यस बर्षको उत्कृष्ट कारोवारकर्ता सदस्यहरुलाई कारोवारको आधारमा उत्कृष्ट बतचकर्ता मध्ये नियमित बचत तर्फ हरिसुन्दर श्रेष्ठ, कारोवार बचतमा सुदन श्रेष्ठ, विशेष बचतमा विपिन सैजु, दैनिक बचतमा नारायण थापा, खुत्रुके बचतमा सलोनी तिमल्सिना, बाल बचतमा आयुष्मा श्रेष्ठ, आवधिक बचतमा विश्वनाथ बन्जारा, संक्रान्ती बचतमा अनिता प्रजापती पुरस्कृत हुनु भएको थियो भने उत्कृष्ट शेयर खरिदकर्ताको रुपमा प्रेम कुमारी तिमल्सिना, उत्कृष्ट ऋणी सदस्यमा राजु तिमल्सिना पुरस्कृत हुनु भएको थियो ।

कार्यक्रममा कोभिड १९ को प्रभावको समयमा गुर्जो वितरण अभियानमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएका युवा समाजसेवी एवं संस्थाका बनेपा सेवा केन्द्र सञ्चालन तथा ब्यवस्थापन उप समिति संयोजक मुक्ति विष्टलाई सम्मान गरिएको थियो भने सहकारी एकीकरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएकोमा धुनिदेवी नमोबुद्ध सेवाकेन्द्रका सञ्जिव ढकाल र गणेशप्रसाद तिमल्सिनालाई सम्मान गरिएको थियो ।

सम्मान कै क्रममा संस्थाको तर्फवाट एस.ई.ई. मा सदस्यका छोरा छोरी मध्ये उत्कृष्ट अंक हासिल गरि उतिर्ण हुनुभएका आशिष तिमल्सिना र प्रकाश तिमल्सिनालाई उत्कृष्ट एस.ई.ई. सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा यस वर्षको उत्कृष्ट सेवा केन्द्र तर्फ कुशादेवी सेवाकेन्द्र र उत्कृष्ट कर्मचारीको रुपमा रुपमा पनौती सेवा केन्द्र प्रमुख अनिता श्रेष्ठ वादेलाई पुरस्कृत गरिएको थियो ।

स्थापना दिवसको अवसरमा संस्था र नेपाल रेडक्रस सोसाइटी, काभ्रेको सहकार्यमा आयोजित रक्तदान कार्यक्रमा ३७ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो ।

संस्थाका सचिव मुकुन्द शर्माले सञ्चालन गर्नु भएको कार्यक्रममा संस्थाका प्रमुख सल्लाहाकार शम्भुलाल श्रेष्ठ, सल्लाहकार बीर बहादुर थापा, सञ्चालक समिति सदस्यहरु, उपसमितिका संयोजक तथा सदस्यहरु लगायत सेवाकेन्द्र सञ्चालन तथा ब्यवस्थापन उपसमिति संयोजक तथा सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस