काभ्रेली कलाकार ‘अकृच’को “घाटा भो धन्दामा” गीत सार्वजनिक (भिडियो)

नौलो समाचार संवाददाता
२०७७ माघ १८, आईतबार मा प्रकाशित १२२२ पटक पढिएको

काभ्रेली कलाकार ‘अकृच’को “घाटा भो धन्दामा” गीत सार्वजनिक (भिडियो)

माघ १८, काभ्रे। लामो समयदेखि कला क्षेत्रमा सक्रिय रही अनवरत कलाकारितामा आफ्नो समय खर्चिएका कलाकार, नृत्य निर्देशक, अमरकृष्ण चन्द ‘अकृच’ आफ्नो नविनतम प्रस्तुति लोक तेहरी एल्वम ‘घाटा भो धन्दामा, दुईटी स्वास्नी’ बजारमा लिएर आएका छन् ।

समसामयिक विषयवस्तुमा आधारित मौलिक नेपाली लोक तेहरी गीत ‘घाटा भो धन्दामा, दुईटी स्वास्नी’ समाजमा घट्ने तीतो यथार्थलाई जस्ताको तस्तै चित्रण गरिएको छ । दुइटी श्रीमति ल्याउँदा भोग्नु पर्ने पीडालाई गीतमा समेटिएको छ । दुइटा नाम्लो एउटै  थाप्लोमा बोक्न खोज्दा आइपर्ने व्यवहारिक समस्यालाई गीतको भिडियोमा सचित्र उतारिएको छ।

लामो समयदेखि रंगपत्रकारितामा समेत कलम चलाउँदै आएका कलाकार, निर्देशक अमरकृष्ण चन्द ‘अकृच’ संगै भिडियोमा चर्चित हाँस्य कलाकार ठ्याँस कुमारी तथा निर्मली भनेर चिनिने निरु खड्का र तामाङ चलचित्रका नायिका अनु लामालाई देख्न  सकिन्छ।

अकृचका दुई श्रीमतिको भूमिकामा देखिएका खड्का र लामाको समेत आकर्षक अनि मार्मिक अभिनय रहेको गीतको भिडियोमा दुई श्रीमति अनि एक श्रीमति बीचमा हुने उतार चढाव, मन मुटाव तथा घरायसी घर झगडालाई विस्तृत रुपमा चित्रण गरिएको छ ।

दुई श्रीमतिले सौताको कुरा लिएर गर्ने गुनासो । दुईटीको झगडाले व्यवहार विग्रदा घर समेत बिग्रन पुगेको तीतो यथार्थलाई भिडियोमा निर्देशक दाहालले उत्कृष्ट ढंगमा प्रस्तुत गरिएकाे छ । थुप्रै म्युजिक भिडियो, टेलिफिल्म तथा चलचित्र निर्देशन गरिसकेका दाहालले निर्देशन गरेको उक्त भिडियोलाई क्यामेरामा उतार्ने काम गरेका छन् सुमन वाग्लले भने भिडियोको सम्पादन तथा कलरिङ सुवास देवकोटाले गरेका छन् ।

लोक पारखीहरुलाई नौलो स्वाद पस्कने उद्देश्य अनुरुप तयार भिडियोलाई गौरी शंकर साँस्कृतिक समूह खावा पाँचखालले निर्माण गरेको हो । भिडियोमा धुलिखेल अनि पाँचखाल खावाको रमणीय दृश्यलाई समेटिएको छ । भिडियो उत्कृष्ट बनेकोमा आम लोक पारखीहरुको मन जित्नेमा ढुक्क देखिन्छन् निर्देशक दाहाल ।

कमल दाहालको लय तथा शब्द रहेको गीतमा कर्णप्रिय स्वर दिएका छन् गायिका जितु लोप्चन, कुमारी लामा र कमल दाहालले । गीतमा संगीत सूर्यकिरण लामाले संगीत दिएका छन् । मौलिक लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गीत निर्माण गरिएको कताउँदै गौरीशंकर साँस्कृतिक समूहका अध्यक्ष सुमित लामाले उत्कृष्ट बनेको भिडियोलाई सबैले मन पराइदिने दाबी गरे ।

हेर्नुहोस् भिडियो :-


प्रतिक्रिया दिनुहोस