‘पाँचखाल मेयर कप’को उपाधी समाजकल्याण युवा क्लबलाई

नौलो समाचार संवाददाता
२०७७ माघ २२, बिहिबार मा प्रकाशित ७१५ पटक पढिएको

‘पाँचखाल मेयर कप’को उपाधी समाजकल्याण युवा क्लबलाई

माघ २२, काभ्रे । काभ्रेको पाँचखालमा जारी ‘खुल्ला पाँचखाल प्रथम मेयर कप’को उपाधी समाजकल्याण युवा क्लबले जितेको छ ।

बुधवार पाँचखालको पुफा ग्राउण्डमा भएको फाईनल खेलमा समाजकल्याण युवा क्लबले लास्सोखोक धनलक्ष्मीयुवा क्लबलाई ४–२ गोल अन्तरमा हराउँदै प्रथम मेयर कपको उपाधी जितेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुबैपक्षले गोल गर्न नसकेपछि भएको ट्राईबेकरमा समाजकल्याण युवा क्लबले ४ गोल तथा लास्सोखोक धनलक्ष्मीयुवा क्लबले २ गोल गरेका थिए । प्रथम भएको समाजकल्याणले नगद १ लाख, ट्रफि तथा शिल्ड, दोश्रो हुने लास्सोखोक धनलक्ष्मीयुवा क्लबले ५० हजार नगद, ट्रफि तथा शिल्ड पाएका छन् ।

खेलमा बेष्ट गोलकिपर विष्णु केसी, बेष्ट डिफेण्डर आसिस श्रेष्ठ, बेष्ट मिडफिल्डर सुरज ठकुरी, बेष्ट कोच राम सिलवाल तथा बेष्ट स्कोरर सुरेश खत्री भए ।

विजयी टिम तथा खेलाडीलाई पाँचखाल नगरप्रमुख महेश खरेलले पुरस्कार वितरण गरे । वितरण कार्यक्रममा नगरप्रमुख खरेलले खेल जीवन र जीवन नै खेल भएको बताए । नगरप्रमुख खरेलले खेललाई नियमपूर्वक खेल्नुपर्ने बताए ।

पाँचखाल युनाईटेड फुटबल एशोसिएसन पुफा र पाँचखाल नगरपालिकाको आयोजना पाँचखाल ग्रिन भिलेज हाउजिङ प्रालिको प्रयोजनमा माघ ३ गते देखि २१ गते सम्म आयोजना भएको खेलमा काठमाण्डौको ३ वटा, सिन्धुपाल्चोकको २ वटा, सिन्धुली र उदयपुरको १र१ वटा, तथा काभ्रेका १७ वटा गरी २४ टिम सहभागि रहेका पुफाका अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस